• नेपाल सेरोफेरो

    राहातमा पक्षपात : पक्की घर लाई एस आरम झुप्राे घरकाे विचल्ली

  • १९ चैत, वीरगञ्ज । आँधीपीडितहरुको गासबासको अवस्था बुझ्न अनलाइनखबरको टोली सोमबार राति बाराको भलुवी भरवलिया टोलमा पुग्यो । हाम्रो टोली त्यहाँ राति ९ बजेसम्म बस्यो । गाउँमा अचम्म के देखियो भने सरकारी पक्षबाट त्रिपाल र म्याट लगायतका सामाग्रीहरु पुगेको भएता पनि पीडितहरु खुल्ला आकाशमुनि असरल्लै भेटिए । त्रिपाल र म्याट कसले कहाँ लग्यो, पीडितले पत्तो नभएको बताए ।

    बालबच्चालाई भुइँमा सुताएर मच्छड धपाइरहेका पीडितहरुले त्रिपाल र म्याट पक्की घरहरुतिर गएको र आफूहरुले नपाएको गुनासो सुनाए । उनीहरुले भनेजस्तै त्रिपालहरु पक्की घरमै पुगे वा अन्तै गायव भए, हामीले पत्तो पाउन सकेनौं । राति ९ बजेसम्म छाप्राहरुमा त्रिपाल आइपुगेको थिएन ।

    सामुहिक मेसमा दालभात पाकिरहेको थियो । खानाको सामान्य व्यवस्था भए पनि बासको प्रवन्ध नहुँदा मानिसहरु भत्किएको घरमा लामखुट्टेको सामना गर्दै रात गुजारिरहेको अवस्थामा भेटिए ।

    बाराको भलुवी भरवलिया आँधीले धेरै क्षति पुर्‍याएको गाउँमध्येमा पर्छ । यो गाउँको केही भाग कलैया नगरपालिकाको वडा नम्बर १८ मा पर्छ भने केही भागचाहिँ फेटा गाउँपालिका अन्तरगत पर्छ ।

    एउटै टोल बेग्लाबेग्लै नगरपालिका र गाउँपालिकामा परेका कारणले गर्दा पनि एउटा स्थानीय तहबाट आएको राहत सामाग्री छिमेककै अर्को घरमा नपुगेको हुन सक्ने कतिपयले सुनाए ।

    टोलका केही परिवारले भने नयाँ त्रिपाल आागनमा टाँगेको देखिन्थ्यो ।

    अनलाइनखबरले सोमबार राति भलुवी भरवलिया पुगेर खिचेका केही दृश्यहरु-

  • फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु