• फिचर

    फुजेलमा बाँदर आतंक ! प्रहरी र गाउँलेले थाले गस्ती

  • २२ चैत, गोरखा । फुजेलमा बाँदर आतंक बढेपछि प्रहरी सहित स्थानीयले गस्ती शुरु गरेका छन् ।

    गण्डकी गाउँपालिका ३ र ४ मा बाँदर धपाउन भन्दै ताङलीचोक प्रहरी चौकीबाट खटिएको प्रहरी टोली सहित स्थानीयबासीले शुक्रबारबाट गस्ती शुरु गरेका हुन् । गस्तीमा हिड्ने अधिकांशले हातमा लठ्ठी र गुलेली बोक्छन् ।

    ‘समूहमा बाँडिएर आज पन्तारी गाउँको सिरानबाट बादर धपाउँदै तल तिर झर्‍यौं,’ स्थानीय बिष्णु पन्तले भने, ‘बाँदरको हुल देखेपछि कराउने, ढुङ्गा हानेर तर्साउने र सम्भव भए समाउने गरेका छौं ।’ शुक्रबार एउटा बाँदर समातिएको छ ।

    ‘बादरहरु घरघरै आएर दुःख दिनुका साथै मानिसमाथि आक्रमण गर्न थालेको स्थानीयबासी बताउँछन् । ‘केही दिन अघि मात्र एक जनालाई गम्भीर घाइते हुने गरी पिट्यो’ उनले भने, ‘टाउको र अनुहारमा मात्र आक्रमण गर्दाेरहेछ ।’

    फुजेलबासीका अनुसार हालसम्म बाँदरले करिव २० जनालाई पिटेर घाइते बनाएको छ । पुरुष भन्दा बढी महिला र केटाकेटीलाई आक्रमण गरेको गरेको छ । बाँदर आतंक बढेपछि विद्यार्थीहरु बिद्यालय जान डराउने गरेका छन् ।

    ‘एक्लै हिड्न हुन्न झम्टिहाल्छ । बारीमा लगाएको खेती त नष्ट गर्‍यो गर्‍यो, घरमा राखेको अन्न पनि लिएर जान्छ,’ स्थानीय अर्जुन अम्गाइले अनलाइनखबरसँग भने ।
    भान्छामा पकाएर राखेको भात समेत खाइदिने गरेकाले दिउँसै ढोका थुनेर बस्नु परेको उनले सुनाए ।

    बाँदर आतंकले करिव १३ सय घरधुरी प्रभावित भएपछि शुक्रबारबाट गस्ती थालिएको अम्गाइले बताए ।

    गस्तीका लागि १५/२० जनाको समूह बनाएर विभिन्न ठाउँमा खटाइएको छ । ‘गाउँतिर जाने समूहमा थोरै मान्छे भएपनि घना जंगलमा जाने समूहमा करिव ५० जना हुन्छौं,’ उनले भने ।

    स्थानीयबासीले गस्ती गर्नुपूर्व सहयोगका लगि प्रशासनलाई समेत खवर गरेका थिए । प्रशासनले पनि प्रहरी टोली नै खटाएको छ । बाँदरलाई तर्साएर गाउँबाट लखेट्ने उद्देश्यले गस्ती शुरु गरिएको स्थानीयबासी बताउँछन् ।

  • फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु

  • गुरूकुल कलेजमा भर्ना खुल्याे , असार २० गते प्रवेश परिक्षा समय विहान ७:३० बजे र विहान ११:३० बजे ।

  • SEE मा उत्कृष्ट नतिजा ल्याउने सम्पूर्ण विद्यार्थीहरु को उज्ज्वल भबिस्यको कामना गर्दै नारायणी पब्लिक कलेज मा कक्षा ११ मा भर्ना खुलेको जानकारी गराइन्छ ।