• फिचर

    थानकोटबाट लागुऔषधसहित दुईजना पक्राउ

  • काठमाडौँ । महानगरीय प्रहरी प्रभाग थानकोटले अवैध लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।

     

     

    प्रभागबाट खटिएको टोलीले उदयपुरबाट काठमाडौँ आउँदै गरेको ना५ख ११९८ नम्बरको यात्रुबाहक बस र नेपालगञ्जबाट काठमाडौँ आउँदै गरेको ना७ख २७७६ नम्बरको यात्रुबाहक बस जाँच गर्दा सुनसरीका विकास साह र बाँकेका सन्तोष यादवलाई आज बिहान पक्राउ गरेको हो ।

    प्रभागका प्रमुख एवं प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले झोलामा लुकाएर लागुऔषध काठमाडौँ ल्याउँदै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए ।

    प्रहरीले पक्राउ परेका साहसँग डाइजेपाम १५० एम्पुल, फेनार्गन १५० एम्पुल र नुर्फिन १५० एम्पुल तथा यादवबाट नाइट्राभेट ३६ ट्याब्लेट र स्पास्मो १९ ट्याब्लेट बरामद गरेको छ ।

    पक्राउ परेका साह र यादवलाई लागुऔषध ऐन २०३३ अन्तर्गत म्याद थप गरी मुद्दा चलाउन महानगरीय प्रहरीवृत्त थानकोट पठाएको प्रभागले जनाएको छ ।

     

  • फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु

  • गुरूकुल कलेजमा भर्ना खुल्याे , असार २० गते प्रवेश परिक्षा समय विहान ७:३० बजे र विहान ११:३० बजे ।

  • SEE मा उत्कृष्ट नतिजा ल्याउने सम्पूर्ण विद्यार्थीहरु को उज्ज्वल भबिस्यको कामना गर्दै नारायणी पब्लिक कलेज मा कक्षा ११ मा भर्ना खुलेको जानकारी गराइन्छ ।