skip this
  • चितवन विशेष

    नेपालको शिक्षा बेरोजगार उत्पादन गर्ने कारखाना : निजी विद्यालयलाई १० वर्ष भित्र नाफा रहित चलाउन असम्भव(अन्तरवार्ता)

  • चितवनमा शैक्षिक सामाजिक क्षेत्रमा निकै नै सक्रिय विगत २५ वर्षदेखि निरन्तर शैक्षिक क्षेत्रमा सेवारत NARAYANI PUBLIC कलेजका सञ्चालक तथा सामाजिक व्यक्तित्व अरुणेश्वर खनाल सँग निकै व्यस्तताका बीच ED चितवनका लागि जायश्वर आचार्य ले उहाँकै कार्यकक्षमा लिनुभएको अन्तरबार्ता ।।

    १) निकै व्यस्त हुनुहुन्छ ? सामाजिक क्षेत्रमा पनि यहाँको योगदान उत्तिकै छ कसरी समय व्यतित गर्दै हुनुहुन्छ ?
    मानिस कर्मशिल प्राणी हो । एउटा न एउटा कर्ममा हामी लागि रहनु पर्दछ । विहान उठेदेखि बेलुका नसुतेसम्म शैक्षिक र सामाजिक कार्यमा लागि रहने हुनाले व्यस्त नै छु । मानिसलाई संसारमा चिनाउने भनेको सामाजिक कामले हो । जबसम्म समाजको उन्नति प्रगती हुदैन तबसम्म देशको पनि उन्नती नहुने हुनाले हामी तमाम युवा वर्ग सामाजिक क्षेत्रमा लाग्नुपर्छ । मेरो समय विदाका दिन बाहेक अन्य दिन क्याम्पसको प्रशाशनिक कार्यमा बित्छ भने बिदाको दिनमा सामाजिक काममा र अन्य दिन पनि समय व्यवस्थापन गरेर अध्ययन, खोज, अनुसन्धान गर्ने, शिक्षा सम्बन्धित मुद्धाहरुका बारेमा जानकारी लिने, यसरी नै सामाजिक कामबाट नै समय व्यतित भईरहेको हुन्छ ।

    २) शैक्षिक, सामाजिक यी दुबै क्षेत्रमा लाग्दा चुनौती र अवसर दुबै होलान् आफुलाई कसरी उभ्याउनु भएको छ ?
    सजिलै रातो कार्पेटमा हिड्न पाउने त कमै हुन्छन् । जुनसुकै क्षेत्रमा लाग्दा चुनौती हुन्छन् । काम गर्नेले मात्र चुनौतीको सामना गर्नु पर्दछ । मानिसको सोच सधै सकारात्मक तरिकाले सोच्न हुनु पर्दछ । जुनसुकै चुनौतीलाई पनि सकारात्मक तरिकाले सोच्न सके समसयाहरु ऋाफै समाधान हुन्छन् । चुनौतीले मानिसलाई नयाँ कुरा सोच्न बाध्य बनाउछ त्यस कारण म चुनौतीलाई केही सिक्ने अवसरको रुपमा लिने गर्दछु । शैक्षिक र सामाजिक सेवामा लाग्दा देशका विशिष्ट शैक्षिक व्यक्तित्वसंग चिर परिचित हुने अवसर प्राप्त भएको छ । केही चुनौतीहरु यस प्रकार छन् । लगानीको चुनौती (पूँजी श्रोत साधन, र जनशक्तिको लगानी), सामुदायिक विद्यालयले विश्वास आर्जन गर्न चुनौती, राम्रो जनशक्तिलाई शिक्षामा भित्राउने र टिकाउने चुनौती, सरकारी नियमनकारी निकाय कमजोर भएको, राम्रो गर्नेलाई प्रेरणा, सम्मान, प्रशंसा गर्ने बानी बसेको छैन, नराम्रा र गलत कार्य गर्नेलाई कारवाही गर्न नसकिने अवस्थाहरु, राजनैतिक प्रभाव आदि साथै केहि अवसरहरु यस प्रकार छन् । अध्ययन अध्ययापनमा थप जानकारी, ब्यक्तिगत विकास, प्रशिक्षक, प्रशिक्षणबाट क्षमता वृद्धि आदि ।

    ३) तपाई शैक्षिक क्षेत्रको अग्रणी संस्था नारायणी पब्लिक कलेजमा पनि आबद्ध हुनुहुन्छ सधै अब्बल सावित भएकै छ यसको श्रेय तपाई लगायत विद्यार्थीको भुमिकालाई कसरी बुझ्नु भएको छ ?
    म शौक्षिक र सामाजिक दुबै क्षेत्रमा सम्लग्न छु । म शौक्षिक क्षेत्र अन्र्तगत नारायणी पब्लिक कलेजको कार्यक्रम संयोजकको जिम्मेवारी बहन गरेको छु । यो शौक्षिक संस्था चितवनको उत्कृष्ट शैक्षिक संस्थाको रुपमा आफ्नो नाम लेखाउन सफल भएको । यसको मुख्य कारण म लगायत मेरो सम्पूर्ण टिमको मिहिनेत र लगनशीलता हो साथै विद्यार्थीको अनुशासन रा उनीहरुको पढई प्रतिको झुकाव र अभिभावकको सहयोगले हामीले यसलाई उत्कृष्ट शैक्षिक संस्था बनाउन सफल भएका छौ । हामी,
     कहिल्यै गुणस्तरिय शिक्षामा समझौता गर्दैनौ । भौतिक पुर्वाधारले सम्पन्न छ ।
    योग्य तथ अनुभवि शिक्षकहरु हुनुहुन्छ ।
    अतिरिक्त क्रियाकलापमा मुख्य फोकस हुन्छ, फुटसल सायद चितवनका कलेजमा आजसम्म कसैसंग छैन नारायणी पब्लिकसंग छ।
     सुरक्षित पारिवारिक वातावरण छ ।
    अभिभावकको सुझावलाई आत्मासात गर्दै, विद्यार्थीहरुलाई सुचना तथा प्रविधि मैत्री वातावरण बनाउदै गुणस्तरिय शिक्षा दिएर राष्ट्रको जिम्मेवार नागरिक बनाउने दृढ संकल्पलाई विस्वास गर्दै अभिभावकले आफ्नो छोराछोरी भविष्य नारायणी पब्लिक, रोजेका छन् ।

    ४) निजी विद्यालयलाई १० वर्ष भित्र नाफा रहित चलाउने भन्ने विषय जोडतोडले उठेको छ सम्भव होला ?
    शिक्षा आयोगको प्रतिवेदनले निजी विद्यालयलाई नाफा रहित वा सेवा मुलक बनाउनु पर्ने प्रतिवेदन पेश गरेको छ । यो असम्भव छ किनकी निजी विद्यालयमा अरबौको व्यक्तिगत लगानी छ । यसलाई सरकारले लगानी फिर्ता दिएर सरकारीकरण गरे यो प्रक्रिया सफल होला
    तपाई लामो समय यसै क्षेत्रमा लानु भएको छ शैक्षिक व्यक्तित्व यस क्षेत्रको शौक्षिक प्रणाली सुधार र व्यवस्थापनका चुनौतीहरु के के छन् ?
    नेपालको शैक्षिक क्षेत्रमा व्यापक सुधार गर्नुपर्ने देखिन्छ । नेपालको शिक्षा बेरोजगार उत्पादन गर्ने कारखाना जस्तो भएको छ । नेपालमा शैक्षिक बेरोजगारी बढ्दै छ । उच्च शिक्ष आर्जन गरेका व्यक्तिहरु प्नि खाडि मुलुक जान बाध्य छन् । सटिफिकेट सिरानीमा राखेर दिन बिताउन बाध्य छन् । तर्सथ अबको शिक्षाको स्वरोजगार मुलक र प्राविधिक भयो भने शौक्षिक क्षेत्र सफल होला । शिक्षाको निति निर्माण गर्नेहरु यस तर्फ केन्द्रित हुनु पर्छ ।

    ५) सरकारी विद्यालय र निजी विद्यालयको नतिजा फरक आउनुमा तपाँई शौक्षिक प्रणाली र व्यवस्थापनलाई कसरी हेर्नुभएको छ ?
    नेपालको शौक्षिक उपलब्धिलाई मुल्याङ्कन गर्ने हो भने सामुदायिक विद्यालय र निजी विद्यालयमा ठूलो अनर््तर छ । निजी विद्यालयको नतिजा ८०% र सामुदायिक विद्यालयको नतिजा २०% हाराहारी देखिन्छ । निजी विद्यालयमा धेरै विद्यार्थी अध्ययन गर्छन् । निजी विद्यालयतर्फ अभिभावकको आर्कषण हुनुको कारण यसको पक्ष बलियो हुनु र त्यहाँ कार्यरत टिमको मिहिनेत हो ।

    ६) SEE पछिको अध्ययनका लागि नारायणी पब्लिक कलेजलाई विद्यार्थीको नजरबाट कसरी लिने?

    SEE पछिको उच्च शिक्षाको लागि अनेकौ कलेजहरु छन् । हामीले एक्काइसौ शताब्दीको युग सुहाउादो शिक्षा गुणस्तरिय शिक्षा पस्रिहेको छौ, समय सापेक्ष, समाधान मुलक , राज्य प्रति निस्ठवान, इमान्दार, जिम्मेवार बनाउने खालको शिक्षा दिई रहेका छौ, जसबाट विद्यार्थी, अभिभावक र समुदाय सन्तुष्ट भएको हामीले महसुस गरेका छौ । विद्यार्थीले कलेज छनौट गर्दा विभिन्न कुरामा ध्यान दिनुपर्छ । जस्तो कलेजको व्यवस्थापन कस्तो छ, भवन कस्तो छ, विद्यार्थीको रुची, ईच्छा र चाहना अनुसारको पढाई हुने विषय छन् या छैनन् ,कलेजले विगतको नतिजा कस्तो हासिल गरेको छ ? शिक्षक÷शिक्षिकाको शौक्षिक अनुभव र शिक्षण सिकाई कौशल कस्तो छ, विद्यार्थीको चौर्तफी विकास हुने क्रियाकलाप के कति हुन्छन् भनेर सोच्नु आवश्यक हुन्छ । हाम्रो नारायणी पब्लिक कलेजमा माथिका सम्पूर्ण सुविधा पूणृ छन् । साथै समयनुकुल विषय Science, Hotel Management, Travel & Tourism, Computer Science, Pure Management, Arts { Major English, Rural Development, Sociology   जस्ता विषय पढाई हुने हुनाले ढुक्कले आफ्नो भविष्य उज्जवल बनाउन यस कलेज छनौट गर्न अनुरोध गर्दछु ।

    ७) SEE  दिएर बसेका भाइ बहिनीहरुलाई तपाईको व्यक्तिगत तर्फबाट र कलेजको तर्फबाट के भन्न चाहनुहुन्छ ?

    नेपालको शैक्षिक क्ष्ोत्रमा फलामे ढोकाको रुपमा चिनिने  SEE  परिक्षा हालसालै सम्पन्न भएको छ । यो परिक्षामा सहभागी भाई बहिनीहरुलाई म सफलताको शुभ कामना दिन चाहन्छु र तपाई भाई बहिनीहरु आफ्नो भविष्य उज्जवल बनाउन चाहनुहुन्छ भने नारायणी पब्लिक कलेज अध्ययन गर्न तपाईको एक उत्कृष्ट गन्तव्य हुन सक्छ ।आउनुहोस् तपाँईको भविष्य पूर्ण रुपमा उज्जवल बनाउने कुरामा हामी नारायणी पब्लिक परिवार पूर्ण रुपमा विश्वास दिलाउन चाहन्छौं साथै तपाईंको लोकप्रिय मिडिया मार्फत् आउँदैगरेको नव वर्ष २०७६ को उपलक्ष्यमा सम्पूर्ण विद्यार्थी भाइबहिनीहरु र अभिभावकहरुमा शुभकामना ब्यक्त गर्दछु ।

     

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु