skip this
  • फिचर

    वीर अस्पतालमा प्रहरी लगाएर ओपीडी टिकट बाँडियो

  • वीर अस्पताल प्रशासनले प्रहरी लगाएर ओपीडी टिकट बाँडेको छ । चिकित्सकहरुले ओपीडी सेवा बन्द गरेको छैठौँ दिन बुधबार बिहानबाट प्रशासनले प्रहरीको सहयोगमा ओपीडीको टिकट खुलाएको हो ।

     

     

    अस्पताल प्रशासनले ओपीडी टिकट काटेपनि चिकित्सकहरुले भने उपचारमा नजाने बताएका छन् ।

    बुधबार बिहान ६ बजेबाट ओपीडी टिकट खुला गरिएपनि ४ बिहान १० बजेसम्म ३०७ वटा ओपीडी टिकट काटिएको छ ।

    कर्मचारी समायोजनप्रति असन्तुष्टि जनाउँदै गत शुक्रबारबाट देशभरका सरकारी चिकित्सकहरुले अत्यावास्यक बाहेकका सेवा अवरुद्ध गरेर आन्दोलनलाई जारी राखेका छन् ।

    सरकारी चिकित्सकहरुले आफुहरुलाई समायोजन गर्दा संघ अन्तर्गत नै राख्नुपर्ने मुख्य माग अघि सारेका छन् ।

    यसैबीच संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सरकारी चिकित्सकहरुका माग जायज नभएको बताएका छन् ।

    उनले संविधानअनुसार चिकित्सकहरुको समायोजन गर्न लागिएको भन्दै उनीहरुका मागप्रति सरकारले वार्ता गर्न जरुरी नभएको प्रस्ट पारेका छन् ।

    यता, मन्त्री पण्डितले चिकित्सकहरुले अटेर गरेर सेवा अवरुद्ध गरिरहे सरकार कारवाही गर्न बाध्य हुने चेतावनी दिएका छन् ।

    उता डाक्टरहरु भने आफ्ना माग पुरा नभए सामुहिक राजीनामा बुझाउने भन्दै राजीनामा संकलन गर्न थालेका छन् ।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु