skip this
  • चितवन विशेष

    भरतपुर महानगर को वडा नं ११ बिकास निर्माणको कार्यमा अगाडि

  •  २ बैशाख,भरतपुर:-
    भरतपुर महानगरपालिका वडा नम्वर–११ मा सात करोड २५ लाखको बजेटमा बिकास निर्माणका काम अघि बढाइएको छ ।
    चालु आर्थिक बर्षमा वडा, महानगर, प्रदेश, संघ र बिभिन्न दातृ निकायवाट बाट प्राप्त यो बजेटको अधिकाँश रकम सडक निर्माणमा प्रयोग गरिएको वडा अध्यक्ष बाबुराम अधिकारीले  जानकारी दिनुभयो ।
    चालु आर्थिक बर्षमा वडाको एक करोड ६० लाख, केन्द्र सरकारवाट प्राप्त ६० लाख, प्रदेश सरकारबाट प्राप्त ३ करोड, महानगरवाट प्राप्त एककरोड ५५ लाख, युएनडिपीबाट ५० लाख बजेट वडा नम्वर ११ को बिकास निर्माणमा खर्च गरिदैँछ । यो लगानीका सबैजसो योजनाको काम अहिले चलिरहेको वडाध्यक्ष अधिकारीले बताउनुभयो ।
    यहाँको स्थानीय बजेट र माथिल्लो तहबाट पारिएका बजेटलाई जनताको चाहाना अनुसार सडक निर्माणको काममा प्राथमिकता दिइएको उहाँले बताउनुभयो । यसबाहेक सतहढल निर्माण, पार्क निर्माण, बिद्यालय, खानेपानी ब्यबस्थापन आदीमा पनि बजेट खर्च गरिएका छन् ।
    अहिले वडाको वरपीपलचोक देखी जङ्गल छेउसम्म ९५ लाख, गणेशथान देखी घोलबजार सम्म एककरोड, बसेनी लामाटोल सडक ४० लाख, जङ्गलछेउ किनाराको सडक १६ लाख, काटीफ्याक्ट्री देखि देउमतीचोक सम्म १६ लाख, कोलटाँडी लामाटोल सडक १६ लाखको लागतमा सडक निर्माणको काम चलिरहेको वडा कार्यालयले जनाएको छ । यो आर्थिक बर्ष भित्र वडा भित्र करिव ७ किलोमिटर सडक पिच हुने वडाध्यक्ष अधिकारीले बताउनुभयो ।
    यसैगरी दीपज्योती देखी नयाँकिरणघोल सम्म ६० लाखको लागतमा सतहढल निर्माणको काम भैरहेको छ ।
    गणेशस्थानमा शान्ति पार्क र तलाउ निर्माणको काम ९० लाखको लागतमा गरिदैछ । जखेडीमाई खानेपानी परियोजनाको वोरिङ्ग हाल्ने काम भएको र ट्याङ्की निर्माणको डिपिआर तयार गरिएको वडाध्यक्ष अधिकारीले जानकारी दिनुभयो । नवजागृति सामुदायिक बन नजिकको भुभागमा वृहद फनपार्क निर्माण थालिएको छ । बसेनी देखी नहर चोकसम्म हरितमार्ग निर्माण गरिने भएको छ ।
    लक्षित बर्गलाई वडाको कुल बजेटमा नियमसम्मत गर्नुपर्ने २० प्रतिशत रकमको बिभिन्न कार्यक्रम पनि चलाइएको वडाध्यक्ष अधिकारीले बताउनुभयो । स्थानीय समुदायका चाहना बमोजिम वातावरणमैत्री कार्यक्रम, फलफुल तथा बिरुवा रोप्ने कार्यलाई योजनावद्धरुमा प्रोत्साहन गर्न लागिएको उहाँले जानकारी दिनुभयो ।
    यसैगरी अन्य विविध गतिविधी वडाले सञ्चाल गरेको वडा अध्यक्ष अधिकारीले जानकारी दिनुभयो । युवा परिषदद्धारा सञ्चालित स्वरोजगारमुलक तालिम, खेलकुद, अपांगहरुको नेतृत्व विकास तथा कानुनी प्रशिक्षण, बिपद ब्यवस्थापन तालिम, दलित समुदायलाई सहयोग र वालवालिकालाई छात्रवृति, जनजाती समुदायलाई तालिम कुमाल जातीको संग्राहलय निर्माणको काम शुरु, जेष्ठ नागरिक सम्मान कार्यक्रम आदि गतिविधि गरिएको उहाँले जानकारी दिनुभयो ।
    वडा नम्वर ११ जनसंख्याका हिसावले भरतपुर महानगरको सबैभन्दा ठूलो वडा हो । यहाँको जनसंख्या ३० हजार रहेको छ ।

    वडा को यस कार्य प्रती यहाँका जनता ज्यादै उत्साहित देखिनुका साथै सबै ले तारिफ गरेका छन्।

    स्रोत : चितवन समाचार

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु