skip this
  • चितवन विशेष

    शिक्षक लाइसेन्स परीक्षाको विज्ञापन एक साताभित्रै

  • शिक्षक सेवा आयोगले आउँदो साताभित्र शिक्षण अनुमति पत्र (लाइसेन्स)को परीक्षाका लागि विज्ञापन खुल्ने जनाएको छ ।

    आयोगले विद्यालय शिक्षाका माध्यमिक, निम्नमाध्यमिक र प्राथमिक तीनै तहका लागि लाइसेन्स परीक्षा लिन लागेको हो । २०७५ चैतभित्रै लाइसेन्सको विज्ञापन खोल्ने तयारी गरेपनि अनलाइनबाटै फारम भर्ने व्यवस्था गर्न लागिएकाले सोका लागि परीक्षण गर्दा गर्दै केही ढिलाई भएको आयोगका प्रशासकीय प्रमुख डा. तुलसी थपलियाले बताउनुभयो । उहाँले भन्नुभयो, ‘अबको एक साताभित्र लाइसेन्सको विज्ञापन हुन्छ । हामी अन्तिम तयारीमा छौं ।’

    आयोगले परीक्षा फारम अनलाइनबाटै भर्ने व्यवस्था गर्दैछ । अहिलेसम्म परीक्षार्थी जुन जिल्लाको हो, सोही जिल्लामा गई दरखास्त दिनुपर्ने बाध्यता थियो । यसो गर्दा परीक्षार्थीले शास्ती र खर्च दुबै ब्यहोर्नु परेको छ ।

    आयोगले माध्यमिक र निम्नमाध्यमिक तहका लागि विषयगत परीक्षा लिनेछ । यसका लागि नयाँ पाठ्यक्रम तयार पारेको छ ।

    शिक्षक सेवा आयोगले अब वस्तुगत प्रश्नको उत्तर मेसिनबाटै परीक्षण गर्ने तयारी गर्न लागेको पनि जनाएको छ । परीक्षाको विश्वसनीयता बढाउन यसो गर्न लागिएको हो ।

    अहिलेसम्म आयोगको परीक्षा दिएर करिव ७ लाख व्यक्तिसित शिक्षण लाइसेन्स भएको बताइएको छ । यीमध्ये एकैजनाले तीन तहको लाइसेन्स लिनेहरुको संख्या पनि उल्लेखनीय छ । कोही ४० वर्ष नाघेका र कतिचाहिँ अर्काे पेशामा गइसकेकाले ७ लाख जना नै शिक्षक हुन तयार जनशक्ति भने अहिले नभएको आयोगको ठम्याई छ ।

     

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु