skip this
  • चितवन विशेष

    भरतपुरकाे महानगरकाे सामुदायिक विधालयमा चर्काे शुल्क असुलि,महानगर भन्छ फिर्ता गर, शिक्षक भन्छन वाध्यता

  • विकास ढकाल, भरतपुर, चितवन

    भरतपुरकाे महानगरकाे सामुदायिक विधालय हरूले विभिन्न वाहानामा चर्काे शुल्क असुली गर्ने गरेकाे तथ्य फेला परेकाे छ ।

    सरकारले  सामुदायिक विधालयमा निशुल्क शिक्षाकाे अवधाराणा लागु गरेता पनि भरतपुरका सामुदायिक विधालय हरूले भने  चर्काे शुल्क शुल्क लिने गरेकाे जानकारीमा अाएकाे छ । भरतपुरमा सामुदायिक विधालयमा विधार्थीकाे चाप बढे सँगै चर्काे रकम असुल्ने  परिपाटि समेत बढ्न थालेकाे हाे ।

    भरतपुरकाे नारायणी नमुना माेडेल माध्यामिक विधालय , भानु मावि , देवघाटकाे सिताराम संस्कृत माध्यामिक विधालय, बालकुमारी माध्यामिक विधालय, प्रेम बस्ति माध्यामिक विधालयमा  चर्काे शुल्क लिइ विधार्थी भर्ना गराइरहेका छन ।नारायणगढकाे भानु मावीमा ३५०० सम्मकाे विल काटिएकाे पाइकाे छ । यसै गरी नारायणी माविमा विधार्थी प्रवेश शुल्क बापत रू ५०० लिने गरेकाे पाइएकाे छ भने ४ बजे पछिकाे अतिरिक्त कक्षाकाे केहि शुल्क विधार्थीकाे अभिभावक सँग स्वच्छिक  मासिक शुल्क  लिनु परेकाे वाध्यता रहेकाे नारायणी नमुना माविका प्रधनाध्यापक पुर्ण प्रसास दवाडीले  बताएका छन । अावश्यक दरवन्दी भन्दा ४६ जना शिक्षक अपुग भएकाेले निजि स्राेतकाे शिक्षकलाइ तलव खुवाउन परेकाे कारण बाध्य भएर केहि शुल्क लिनु परेकाे उँहाले प्रष्टाउनु भयाे ।

    बालकुमारी माध्यामिक विधालयमा भने दर्ता शुल्क र टाइ बेल्त शुल्क शिर्षकमा  ७५० र मासिक शुल्क छुट्टै  लिने गरेकाे बताइएकाे छ  । यद्दपि मासिक शुल्क लिने कुरा बालकुमारी माध्यामिक विधालयका शिक्षक हरूले स्वकार भने गरेनन ।

    यता भरतपुर महानगरपालिकााके शिक्षा शाखाले भने यसरी शुल्क लिन नमिल्ने बताएकाे छ । विधालय अनुगमनकाे लागि टाेलि पठाउन लागेकाे समेत महानगरका शिक्षा प्रमुख हिम शर्मा पाेडेलले जानकारी गराउनु भएकाे छ  ।  शुल्क लिएकाे उजुरी अाए तुरून्त छानविन गरी शुल्क फिर्ता समेत गरिदिने उहाँले बताउनु भउबाे छ । राज्यकाे निति मावि तह  सम्म निशुल्क शिक्षा लागु गरेकाले शुलक लिन नपाइने उँहाले जानकारी गराउनु भयाे ।

     

     

     

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु