skip this
  • चितवन विशेष

    महानगरकाे सार्वजनिक जग्गा व्यबस्थापन र संरक्षणमा मेयरकाे अर्गसरता

  • भरतपुर, चितवन

    सार्वजनिक जग्गा व्यबस्थापन र संरक्षण कार्य तिब्रताका साथ अगि बढेकाे छ ।

    भरतपुर महानगर भित्रका सार्वजनिक जग्गा संरक्षण कार्य तिब्र रुपमा अघि बढाउन र अवलोकनका साथै खोजी कार्य कार्यान्वयन गर्न निर्देश दिने क्रममा भरतपुर महानगरपालिका मेयर रेनु दाहालज्यूले सार्वजनिक जग्गा संरक्षण गर्ने क्रममा वडा नं २, क्षेत्रपुरमा भिमलाल प्रधानले संरक्षण गरि हस्तान्तरण भयको लगभग ६ कट्टा १०धुर जग्गामा र वडा नं १२मा ४ कट्टा जग्गामा महानगरपालिकाको वडा कार्यालय बनाउन आज निर्माणाधिन राख्नु भएकाे छ ।

    वडा न ३, ४, ५ र ११ मा पनि वोर्ड राख्ने काम सुरु भएकाे छ । केहि दिनमा सबै वडा कार्यलयमा पनि यसरी नै सार्वजनिक जग्गाकाे संरक्षण कार्यक्रम गर्ने  मेयर रेनु दाहालले बताउनु भएकाे छ । सार्वजनिक जग्गा व्यबस्थापन र संरक्षण कार्यक्रममा सम्बन्धित वडा कार्यलयका वडा अध्यक्ष र महानगरका प्रवक्ता अरूण पिडित भण्डारीकाे पनि उपस्थित रहेकाे थियाे

     

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु