skip this
  • चितवन विशेष

    साझा पेट्राेल पम्प भरतपुरकाे मासिक ३ कराेड बराबरकाे काराेवार (भिडियाे सहित)

  • विकास ढकाल

    भरतपुर ,चितवन,जेठ ०८
    बैशाख ८ देखि सञ्चालन अाएकाे जिल्ला सहकारी संघ चितवनले निर्माण गरेको साझा पेट्रोल पम्पकाे गुणस्तर र सहुलियतका कारण दैनिक १६ लाखकाे हाराहारीमा  काराेवार गर्न सफल भएकाे छ  ।

    साझा पेट्रोल पम्पकाे पुर्व प्रधानमन्त्री प्रचण्डले गत वैशाखमा उद्घाटन गरेका हुन ।  यो सहकारी संस्थाहरुको लगानीबाट निर्माण भएको नेपालकै पहिलो साझा पेट्रोल पम्प हो । पम्प सञ्चालन स्विकृति दिन प्रचण्डले ठुलो सहयोग गरेका थिए यसकारण पनि उनीबाटै उद्घाटन गर्ने तयारी भएको थियाे । पेट्रोल पम्प निर्माण सम्पन्न भएको लामो समयसम्म पनि निगमले स्विकृति नदिँदा पम्प सञ्चालनमा आउन सकेको थिएन् । पम्प अन्तर्राष्ट्रिय मापदण्ड अनुसार निर्माण भएको साझा पेट्रोल पम्प निर्माण उपसमितिका संयाेजक भक्तिराम अभिकारीले जानकारी गराएका  छन । साझा पेट्रोल पम्पमा अन्यमा भन्दा शुल्क पनि सहुलियत भएकाेले पेट्राेल भर्न अाउने जनता उत्साहित देखिन्थे । भण्डारण क्षमता समेत धेरै भएकाे कारण जनताले अब लगातार सार्वजनिक विदाकाे समयमा पनि कुनै अभाव नहुने उनकाे तर्क थियाे ।

    ६० हजार लिटर डिजेल र ४४ हजार लिटर पेट्रोल भण्डारण गरेर राख्न सक्ने पम्पमा अपांगमैत्री शौचालय, सुविधा सम्पन्न रेष्टुरेण्ट, सवारी साधन मर्मत केन्द्र लगायत व्यवसायी सटरहरु रहेका उनले वताए । संघको एक बिघा जग्गामा निर्माण भएको साझा पेट्रोलपम्प करिब तीन करोड रुपैयाँमा निर्माण भएको उनको भनाइ थियाे ।

    सहकारी संस्थाहरुबाट सञ्चालन हुने भएकाले अन्य पम्पहरुमा भन्दा केहि सस्तोमा तेल विक्री वितरण हुने गरेकाे छ  । पेट्रोल पम्प निर्माणका लागी २९४ सहकारी संस्थाहरुले शेयर लगानी गरेका छन् । एउटा सहकारी संस्थाले २५ हजार रुपैयाँदेखि पाँच लाख १० हजार रुपैयाँ सम्म लगानी गरेका अधिकारीले जानकारी दिए । दैनिक १२ लाखकाे  अाैसतमा ३ कराेडकाे काराेवार हुने गरेकाे उनले बताए ।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु