skip this
  • फिचर

    चितवनमा विप्लव विधार्थीकाे अन्तर्क्रिया कार्गक्रम सम्पन्न

  • विप्लव निकट विध्यार्थी सँगठन पुर्वि चितवनमा समसामयिक विध्यार्थी अान्दोलन विषयक अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएकाे छ ।

    अखिल क्रान्तिकारी चितवन सँगठनका जिल्ला समीतीले पश्चिम ताम्सालिङ्ग व्युराे ईन्चार्ज क.वद्रि र जिल्ला अध्यक्ष रमेश लामीछाने “अरूण” काे प्रमुख अतिथ्यता र अाशिसकाे अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम पुर्वि चितवन स्तरीय रहकाे  अखिल क्रान्तिकारी चितवन अध्यक्ष अरूणले बताएका छन् ।  कार्यक्रममा टुटफुट र विभिन्न चिरामा रहेका प्रतिपक्ष विध्यार्थी सँगठनहरू विध्यार्थीका हक,अधिकार र राष्ट्रियताका पक्षमा एकमतले अगाडि वढ्न नसकेकाे र शिक्षा,स्वास्थ्य लगायतका क्षेत्रहरूमा दलाल र विचाैलियाहरूका कारण अाम विपन्न वर्गहरू उचित शिक्षा र स्वास्थ्य पाउनवाट वन्चित हुनपरी राखेकाे छ कार्यक्रममा उपस्थित हरूले अाराेप लगाएका छन्  ।

    नेपालकाे सँविधानले समेत निशुल्क उच्च शिक्षा तहसम्मकाे व्यावस्था गरेपनि यहाँका सरकारी र निजि विध्यालयहरूले मनाेमानि रूपले विभिन्न वाहानामा चर्काे शुल्क लिएकाे र राज्य नै ग्रैह्रजिम्मेवार भई विभेदकारी असमान शिक्षा वितरण गरेकाले अध्यक्ष लामीछानेले अाक्राेश व्यक्त गरे ।

    राज्यकाे लाचारी र ग्रैह्रजिम्मेवारी पनाकाे फाईदा उठाउदै शिक्षा क्षेत्रलाई विशुद्ध राजनैतिक भागवण्डा,कमाई खानेभाडाे,अाफ्ना भर्ति केन्द्र वनाउने र व्यापारीकरणमा उन्मुख देखिए यहाँका सामुदायिक विध्यालयहरू यसर्थ राज्यकाे दमन र प्रतिवन्धकाे प्रवाह नगरी हामी परीवर्तनकारी नाैजवान युवा विध्यार्थी विभिन्न गुट-उपगुट र टुटफुटमा विभाजित नभई एकढिक्का भएर शैक्षिक विकृति,विसङ्गती र राष्ट्र-राष्ट्रियता र जनजिविकाकाे रक्षाका निम्ति एकमत भएर लाग्नुपर्ने वेला अाएकाे छ ।

    कार्यक्रममा पुर्विचितवनका शैक्षिक सँस्थाहरू नेपाल उच्च मा.वि,वहेरा मा.वि,न्यु क्यापिटल,सहिद स्मृती कलेज,स्काई राईडर,जनजागृती उच्च मा.वि,खैरहनी उच्च मा.वि,भुवानी शँकर कलेज,ईन्टरनेशनल कलेज,सुनगाभा कलेज,कपिया मा.वि र भण्डारा उच्च मा.विका प्रतिनिधि मुलक विध्यार्थी नेता सहभागी थिए ।

    प्रतिकुल समयका कारण 1घण्टा चलेकाे कार्यक्रममा व्युराे इन्चार्ज वद्रिले च्याउसरी उम्रेका निजि विध्यालयहरूले झन् भयङ्कर ठुलाे लुटमच्चाएकाे र विध्यार्थीलाई ठगी गरेकाले कुनै पनि हालतमा विध्यार्थीका जायज मुद्दाहरू स्थापित गर्ने र कार्यान्वयन गर्ने विषयमा कुनै सम्झाैता नहुने वरू अवमूल्यन गरे नतिजा भाेग्नुपर्ने र त्यसका निम्ति तयार रहन पनि चेतावनी सहितकाे प्रशिक्षण व्यक्त गर्नु भयाे ।  हाल हामी अान्दोलनमै छाैँ वैज्ञानिक समाजवादी शिक्षा प्राप्तिका निम्ति महान यात्रा तय गर्दै शैक्षिक रूपान्तरका लागि ‘निजि शिक्षालाई सरकारीकरण गराैँ,सरकारी शिक्षाको गुणस्तर वढाअाैँ’ भन्ने मुल नाराका साथ देशभर अभियानमा जुटी राखेका छाैँ यसै क्रममा सरकारी दमनकाे पनि डटेर सामना गर्दै अगाडि वढ्नुपर्ने र प्राप्त अधिकारलाई स्थापित गर्दै कार्यान्वयन र सँस्थागत गर्नुपर्ने ठुलाे चुनाैती तपाईं हाम्रा माझमा छ ।

    प्रहरीकाे पछल्लाे दमनका कारण कार्यक्रम भुमिगत शैलिमा गर्न परेकाे अखिल क्रान्तिकारी चितवन अध्यक्षले जानकारी गराउनु भएकाे छ ।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु