skip this
  • चितवन विशेष

    मासिक ३० हजार कमाइ हुने १८ महिने उद्यम विकास सहजकर्ता (EDF) मा भर्ना खुल्याे, SEE मा कम ग्रेड अाएकाले पनि अध्ययन यर्न पाउने

  • भरतपुर,चितवन
    चितवनमा (EDF)  उद्यम विकास सहजकर्ता १८ महिने कार्यक्रममा भर्ना खुलेकाे छ । नेपाल सककारकाे घरेलु तथा साना उधाेघ काे माताहातमा रहेर काम गर्न सक्ने तथा १०० प्रतिशत राेजगारी हुने उद्यम विकास सहजकर्ता (EDF) कार्यक्रमकाे अवधि १८ महिने शैक्षिक काेर्स हाे । कम्युटर अनिवार्य रहकाे याे काेर्स  एसइइ मा १.६ भन्दा कम ग्रेड अाएकाले समेत अध्ययन गर्न पाउने काेर्स हाे । चितवनमा  जिविस अगाडि रहेकाे गंगाराम कजेल र २४ काेठी नवल पाेलिक्लिनिक माथि रहकेाे भरतपुर कलेज अफ टेक्नाेलाेजीमा मात्र अध्ययन हुँदै अाएकाे छ । याे काेर्स अध्ययन पश्चात विभिन्न INGO /NGO मा मासिक ३० देखि ४० हजार सम्म अाम्दानी गर्ने सकिने कलेज सञ्चालक हरूकाे भनाइ रहेकाे छ ।  उद्यम विकास सहजकर्ता (EDF) अध्ययन गरेर काेहि वेराेजगार बस्नु नपर्ने गंगाराम कलेजका सञ्चालक खेम दर्जी ले बताउनु भएकाे छ ।
    उद्यम विकास सहजकर्ता (EDF) काेर्सकाे बारेमा केहि जानकारी 
    औद्योगिक व्यवसाय विकास प्रतिष्ठानको स्थापना “औद्योगिक व्यवसाय विकास प्रतिष्ठान ऐन २०५३” अन्तर्गत, २०५३ साल कात्तिक १९ गते भएको हो । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले राष्ट्रको औद्योगिक विकासका लागि उद्यमशीलता विकास, व्यवसाय व्यवस्थापन, कार्यमूलक अनुसन्धान तथा उद्योग व्यवसायको विकासको लागि आवश्यक जनशक्तिको विकास गरी उद्योग व्यवसाय क्षेत्रको विकासबाट अर्थ व्यवस्थालाई सबल तुल्याउन विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।

    पृष्ठभूमि

    देशको आर्थिक तथा सामाजिक विकासमा उद्यमशीलताको महत्वपूर्ण भूमिका रहेको कुरालाई दृष्टिगत गरी विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरू उद्यमशीलता विकासको क्षेत्रमा कार्यरत छन् । यस क्षेत्रमा सहजकर्ताको रूपमा काम गर्ने तालिम प्राप्त दक्ष जनशक्तिको मागको दाँजोमा आपूर्ति कम भएको अवस्था रहेको हुँदा बजार माग पूरा गर्न नेपाल सरकार उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालय, औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले CTEVT बाट सम्बन्धन प्राप्त गरी उद्यम विकास सहजकर्ता तयार पार्न यो कार्यक्रम सञ्चालन गर्न लागिएको छ ।

    उद्यमशीलता विकासमा प्राविधिक एस.एस.सी (EDF) कार्यक्रमको परिचय

    यो उद्यमशीलता विकासमा प्राविधिक एस.एल.सी. “तालिम कार्यक्रम उद्यम विकासको क्षेत्रमा काम गर्नको लागि आवश्यक ज्ञान र सीपयुक्त आधारभुत तहका मानव संसाधन (उद्यम विकास सहजकर्ता) तयार पार्नका लागि सञ्चालन गर्न लागिएको हो । यो तालिममा समावेश गरिएका ज्ञान र सीप सिकेपछि प्रशिक्षार्थीहरूले सम्बन्धित क्षेत्रमा रोजगारको अवसर प्राप्त गर्न सक्ने छन् । साथै उद्यमी बनी अरूलाई रोजगारको अवसर प्रदान गर्न वा स्वरोजगार बन्न समेत सक्नेछन् ।

    तालिमको पाठ्यक्रम : यस तालिमको पाठ्यक्रममा निम्नअनुसारका विषयवस्तुहरू समावेश गरिएका छन् :

    १. उद्यमशीलता विकास
    २. उद्यम विकासका लागि सामाजिक परिचालन
    ३. उद्यम विकासका सम्भाव्यताहरु
    ४. उद्यमी सक्षमता विकास (SIYB)
    ५. बजार पहूंच
    ६. प्राविधिक सीप तथा उपयुक्त प्रविधि
    ७. वित्तिय पहूंच
    ८. क्षमता विकास
    ९. सञ्चार तथा सञ्जाल विस्तार
    १०. अनुगमन तथा मूल्याङ्कन

    तालिम कार्यक्रमको उद्देश्य
    यो तालिमको मुख्य उद्देश्य नेपाली जनसमुदायमा उद्यम विकासको क्षेत्रमा प्राविधिक सेवा दिन सक्ने दक्ष जनशक्ति उत्पादन गर्नु हो ।
    यो तालिम कार्यक्रम सम्पन्न भइसकेपछि प्रशिक्षार्थीहरूले निम्न कार्यहरू गर्न सक्ने छन् :

    • लक्षित वर्गको पहिचान, द्वन्द्व व्यवस्थापन, लैङ्गिक तथा सामाजिक समावेशीकरण तालिम सञ्चालन
    • जीविकोपार्जन विश्लेषण, प्राकृतिक स्रोतको विश्लेषण, सवसेक्टरको विश्लेषण
    • उद्यमशीलता विकास तालिम सञ्चालन, व्यावसायिक योजना तयारी, परामर्श सेवा प्रदान
    • बजारीकरणसम्बन्धी क्रियाकलापको समन्वय
    • प्राविधिक तालिमको व्यवस्थापन तथा उपयुक्त प्रविधि प्रयोगको लागि सहजीकरण
    • लघुवित्तको व्यवस्थापन/सहजीकरण
    • स्रोत परिचालन, लेखा/हरहिसाब राख्न सहजीकरण, आधारभूत कम्प्युटर सीपको प्रयोग, प्रशिक्षक प्रशिक्षण तालिम सञ्चालन, क्षमता अभिवृद्धि सीपको विकास, व्यवस्थापकीय कार्यहरू
    • सम्बन्धित संस्थाहरूसँग सम्बन्ध विस्तार तथा सञ्चार
    • अनुगमन तथा मूल्याङ्कन, डकुमेन्टेसन तथा प्रतिवेदन
    • पेशागत विशेषज्ञताको विकास, गुणस्तर कायम

    तालिमको अवधि: यस तालिम कार्यक्रमको समयावधि १८ महिनाको हुनेछ । जसमध्ये १२ महिना कक्षागत र थप ६ महिना कार्यगत तालिम हुनेछ ।

    लक्षित वर्ग : एस.ई.ई. उत्तीर्ण भई उद्यमशीलता विकासको क्षेत्रमा काम गर्न इच्छुक व्यक्तिहरू ।

    आवश्यक योग्यता : मान्यता प्राप्त शिक्षण संस्थाबाट एस.ई.ई. परीक्षामा न्यूनतम E गे्रड मा परीक्षा उत्तीर्ण गरी प्राविधिक एस.एल.सी.को प्रवेश परीक्षा उत्तीर्ण गरेको । योग्यताक्रमको आधारमा सहभागीको छनोट गरिनेछ ।

    सहभागी संख्या : अधिकतम ४० जना ।

    तालिम सञ्चालन हुने स्थान : औद्योगिक व्यवसाय विकास प्रतिष्ठान, त्रिपुरेश्वर, काठमाडौँ ।

    छात्रवृत्तिको व्यवस्था : तोकिएको क्राइटेरिया अनुसार बढीमा चार जनालाई छात्रवृत्ति प्रदान गरिनेछ ।

     

    प्रमाणपत्र : यो तालिम सफलतापूर्वक सम्पन्न गर्ने प्रशिक्षार्थीहरूलाई प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (CTECT) ले “उद्यमशीलता विकासमा प्राविधिक एस.एस.सी.” (TSLC in Entrepreneurship Development) को प्रमाणपत्र प्रदान गर्नेछ ।

     

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु