skip this
  • चितवन विशेष

    रेणु दाहालकाे एक्सन , डाेजर लगाउने लाइ हदै सम्मकाे कारवाही हुने

  • काठमाडौं, जेठ १६ । भरतपुर महानगरपालीकाका मेयर रेणु दाहालले क्रिकेट रङ्गशालाको वालमाथि लगाइएको डोजर चितवनबासी र सिङ्गो नेपालीको भविष्यमाथि लगाइएको डोजर भएको बताएकी छिन्।

    धुर्मुस–सुन्तली फाउण्डेशनले चितवनमा निर्माण गर्न लागेको अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण स्थलमा लगाइएको बार केहि स्थानीयले भत्काएपछि मेयर दाहालले यस्तो प्रतिक्रिया दिएका हुन् ।

    चितवनमा रङ्गशाला बन्दा धुर्मुस–सुन्तली वा प्रचण्ड–रेनुको भविष्य बन्ने होइन, चितवनका आम नागरिकको भविष्य बन्ने हो, आम नेपालीको भविष्य बन्ने हो। उनले भने, चितवनमा रङ्गशाला बन्दा विशुद्ध खेल क्षेत्रको मात्र विकास हुन्छ भन्ठान्नु लघुताभाष हो, छोटो र मोटो बुद्धि मात्र हो।

    भरतपुरमा रङ्गशाला बन्दा चितवनबासी र देशकै पूर्वाधार विकास हुने भन्दै मेयर दाहालले आन्तरिक र बाह्य पर्यटनको प्रवर्द्धनमा बन्दै गरेको रंगशालाले महत्वपूर्ण भूमिका खेल्ने जनाएकी छिन् ।

    नागरिकको प्रतिव्यक्ति आय बढ्छ। विकासको बहुआयमिक ढोका खुल्छ। रङ्गशाला विशुद्ध पूर्वाधार मात्र होइन, भौतिक र मानवीय विकासको आयाम पनि हो। जसले यसको विरोध गर्दैछन्, उनीहरु आफ्नै सपना र भविष्यको विरोध गर्दैछन्, आफू र आफ्ना सन्ततिको विरोध गर्दैछन्।

    समृद्धिको जगमा समाजवादको लक्ष्यमा पुग्ने सङ्कल्पको विरोध गर्दैछन्। मेयर दाहालको भनाई छ ।उनले तर्क जे–सुकै गरियोस्, सहभागी जो–सुकै होस्, विकास र समृद्धिको विरोध गर्नेहरु प्रगतिका पक्षधर हुनै नसक्ने बताए ।

    बुधबार बिहान डोजरसहित आएका केहि स्थानीयहरुले जस्ता पाताले लगाएको बार भत्काएका हुन् । उनिहरुले धुर्मुस–सुन्तली फाउण्डेशनका कर्मचारीलाई समेत धम्की दिएका थिए । एक स्थानीयका अनुसार नेकपाका स्थानीय नेतासमेत रहेका प्रकाश कँडेल, धुर्मस–सुन्तली फाउण्डेसनको साइट कार्यालयका घरबेटी सुरेन्द्र विकसहितका व्यक्तिहरुले जस्ताको बार भत्काएका हुन् ।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु