skip this
  • चितवन विशेष

    आज देखि चितवन च्याम्पियनसिप शुरू हुँदै,खेलकुद मन्त्रि द्धारा उद्घाटन हुने

  • अाज देखि सुरु हुने पाँचौँ चितवन च्याम्पिएनसिपको पूर्वसन्ध्यामा बुधबार चितवन भेट्रान र युवा विद्यार्थी नेता चितवनबीच मैत्रीपूर्ण फुटबल खेलाइएको थियो । सो खेलमा पहिलो हाफमा ४–० ले अघि रहेको भेट्रानले दोस्रो हाफमा दुई गोल थपेको आयोजक एभरेष्ट फुटबल क्लबका अध्यक्ष अशोक देवकोटाले जानकारी दिए । बिहिवार भएको मैत्रीपूर्ण फुटबल खेलमा  भने चितवन पत्रकार र जनप्रतिनिधि विच भएकाे खेलमा भने पत्रकार विजयी भएका थिए ।

    हनामी पाँचौँ चितवन च्याम्पियनसिप अन्तरगत  अाज देखि प्रतियोगितात्मक खेल हुने देवकोटाले बताए । ‘युवाहरुको बाटो कुलत र दुव्र्यसन होइन, चेतना समाज विकास र राष्ट्र निर्माण हो’ भन्ने नाराका साथ आयोजना गरिएको पाँचौँ चितवन च्याम्पियनसिपमा आठ वटा स्थानीय सहित १६ टिमले प्रतिस्पर्धा गर्न लागेका हुन् ।

    प्रतियोगिताको विजेताले उपाधिसहित तीन लाख रुपैयाँ नगद तथा मेडल र प्रमाणपत्र पाउनेछ । प्रतियोगिताको उपविजेताले एक लाख ५० हजार रुपैयाँका साथै मेडल एवम् प्रमाणपत्र पाउनेछ भने तेस्रो हुने समूहले ५० हजार रुपैयाँका साथै मेडल एवम् प्रमाणपत्र पुरस्कार स्वरुप प्राप्त गर्नेछ ।
    सो प्रतियोगितामा बेस्ट डिफेन्स, बेस्ट मिड फिल्डर, उत्कृष्ट गोल रक्षक र सर्वाधिक गोलकर्तालाई १०÷१० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने एभरेष्ट क्लबका सल्लाहकार सन्तोष पनेरुले जानकारी दिए । त्यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई नगद २० हजार रुपैयाँ प्रदान गरिने छ । चितवन च्याम्पियनसिप स्थानियकाे अायाेजनमा सबै भन्दा धेरै धनराशीकाे फुटबल प्रतियाेगिता रहेकाे समेत एभरेष्ट क्लवका सल्लाहाकार तथा युवा नेता सन्ताेष पनेरूले  दावी गरेका छन् ।

    तालिम केन्द्रकाे फुटबल ग्राउण्ड अन्य ठाँउकाे भन्दा सुविधा युक्त रहेकाे कारण दर्शक हरूकाे माग लाइ मध्यनजर गर्दै यसपालि पनि क्लवले तालिम केन्द्रमा नै प्रतियाेगिता गर्न लागिएकाे समेत सल्लाहकार पनेरूले  प्रष्ट पार्नु भयाे ।  विगतका वर्ष हरूमा जस्तै यसपालि पनि प्रतियाेगिता उत्कृष्ट बनाउन अाँफु हरू लागि परेकाे क्लवका विधार्थी नेता तथा क्लवका सल्लाहकार सुरज सिंह ठकुरीले बताउनु भयाे ।

    प्रतियोगिताको उद्घाटन खेलमा सेन्ट्रल कलेज भरतपुर फुटवल क्लव र फोर वर्दस गैडाकोटबीच प्रतिस्पर्धा हुनेछ । गैडाकोट गत वर्षको च्याम्पियन हो । गत वर्षमा दर्शक हरूकाे अपार भिडले प्रतियाेगिता सफल भएकाे स्मरण गर्दे सल्लाहकार ठकुरीले यसपालि पनि खेल प्रेमि तथा दर्शक हरूकाे साथ पाइने अपेक्षा गरिएकाे बताउनु भयाे ।

    प्रतियोगितामा सेन्ट्रल कलेज भरतपुर फुटवल क्लव र गैडाकोटसहित नारायणगढ फुटवल क्लव, राप्ती रिभर फुटवल क्लव, नारायणी मोटर्स युनिक फुटवल क्लव, जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुर, शशस्त्र प्रहरी वल भण्डारा, जु फुटवल क्लव जुगेडी, हर्दी युवा समाज भण्डारा, भैरव स्पोर्टस क्लव नवलपरासी, रामपुर फुटवल क्लव, सुनधारा फुटवल क्लव, वसन्तपुर युनाईटेड क्लव माडी, देशभक्त फुटवल क्लव, हानामी एभरेष्ट क्लव र अभिषेक चर्च नवलपरासीले सहभागीता जनाउनेछन ।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु