skip this
  • विविध

    भ्याली स्टेट कलेज मा बजेट छलफल कार्यक्रम सम्पन्न

  • जेठ २७,भरतपुर –
    जायश्वर आचार्य :-
    भरतपुर महानगरपालिका वडा नं ९ ,चितवन को भ्याली स्टेट कलेज मा आज एक बृहत बजेट छलफल कार्यक्रम सम्पन्न भएको छ। कलेज़ को regular V-talk प्रोग्राम अन्तर्गत BBA का विद्यार्थी हरुका बिच उक्त कार्यक्रम को आयोजना गरिएको हो।
    कार्यक्रममा अर्थविद् सह- प्राध्यापक सूर्यनारायण पौडेल र अर्थ विश्लेषक तथा सी.ए. निशान पौडेल ले नेपालको हालै आएको वार्षिक बजेट ०७६/०७७ माथि विस्तृत प्रस्तुति दिनुभएको थियो। सह- प्राध्यापक पौडेल ले बजेट को सकारात्मक र नकारात्मक दुवै पक्षमा विशेष चर्चा गर्नुभएको थियो भने सी.ए.निशान पौडेल ले कर प्रणाली र बजेट कार्यानवयन का विषयमा आफ्ना भनाइहरू राख्नुभएको थियो।
    उक्त कार्यक्रममा BBA 2nd semester का विद्यार्थी हरुले पनि आर्थिक वर्ष ०७६/०७७ को बजेट सम्बन्धी PowerPoint presentation गरेका थिए।
    भ्याली स्टेट कलेज का निर्देशक बाबुराम खनाल का अनुसार कलेज मा V-talk session अन्तर्गत यस्ता थुप्रै जीवन उपयोगी कार्यक्रमहरू हुने गरेको छ। र यस्ता कार्यक्रमहरुले नै गर्दा धेरै कुरा हरु सिक्ने अवसर प्राप्त भएको भनाइ विद्यार्थीहरूको रहेको छ।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु