skip this
  • चितवन विशेष

    वडा अध्यक्ष को आड मा घरमै सुति सुति जागिर खाने सरकारी कर्मचारी

  • मिसन अप्रेसन

    चितवन जिल्ला मा रहेका स्वास्थ्य चौकी हरुमा धेरै लापरबाही भएकोले हाल लाई हाम्रो टिमले स्वास्थ्य चौकी हरु लाई निगरानिमा राखी अप्रेसन गरेको छ । अप्रेसनको क्रममा पदमपुरमा रहेको स्वास्थ्य चौकीमा पुग्दा हरिबिजोग देखियो ६ जना कर्मचारीको दरबन्दी भएको कार्यालयमा जम्मा २ जना कर्मचारी मात्र काम गरिरहेका थिए र अरुको बारे बुझ्दा २ जना बिदामा बसेका १ जना ( अनमी ) कल्पना डौरिया कुनै जानकारी बिना उपस्थित नभएको देखियो ।

    कार्योलय का ( का .स) रामदास श्रेष्ठ कार्यालयमा उपस्थित थिएनन बिहान हाजिर भने गरेर निस्केका थिए र उनी सँग फोन नभएकोले सम्पर्क हुन सकेन र हाकिम लाई कुनै जानकारी थिएन कहाँ गएका हुन भनी ।  स्वास्थ्य चौकी को आडैमा ४ न वडा कार्योलय थियो र हामी स्वास्थ्य कार्योलय को लापरबाही लिएर वडा कार्योलय का अध्यक्ष कृष्ण कुमार श्रेष्ठ संग गएर कुरा गरेका थियाैँ   त्यतिबेला अध्यक्षले अन्य कर्मचारीको बडो खुलेर कुरा गर्नु भो तर स्वास्थ्य चौकी का ( का स) रामदास श्रेष्ठ को बारेमा कुरा गर्न खोज्दा कुरा खुलेर गर्नु भएन कुरा टार्न खोज्नु भयो कुरा सकेर हाम्रो टिम बाहिर आउन साथ एक स्थानीयले वडा अध्यक्ष र स्वास्थ्य कार्योलय का ( का स) दाजुभाइ भएको गोप्य सुचना दिए र हामी कार्योलय सहयोगी रामदासको घर खोज्दै रामदास को घर पुग्दा उनी कार्यालयको समयमा १२:३० बजे मस्त निदाइरहेका थिए हामिले उनलाइ उठाएर कार्यालयमा बोलाएर त्यस विषयमा मोबाइलको भिडियो खोली कुरा गर्न खोज्दा फोटो किन खिच्न परो भनी आक्रोश भए र मुखमा पुकार चपाइ बेला बेलामा थुक्दै दादागिरि जस्तै हर्कत गरिरहेका थिए र . म यहाँ दिउँसो के गरेर बस्ने म सुत्न पाउनु पर्छ भन्ने जस्ता कुरा गर्दै पत्रकार संग दुर्व्यवहार देखाउदै थिए र यिनको विषयमा कार्योलय हाकिम सुजाता सापकोटा केही बोल्न चाहिनन ( यो घट्ना हो कालिका नगरपालिका पदमपुर अन्तर्गत पर्ने स्वास्थ्य कार्यालयको )

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु