skip this
  • चितवन विशेष

    घरको शिशा फुट्दा मेयर लाई ३० लाख क्षतिपूर्ति

  • स्थानीयको आन्दोलनका क्रममा ०७४ कार्तिक १० मा घर र सवारीसाधनमा भएको क्षति नगरपालिका र बीमाबाट पूर्ति गरिसकेका विर्तामोड नगरपालिकाका मेयर ध्रुवकुरमार सिवाकोटीलाई मन्त्रिपरिषद् निर्णयबाट ३० लाख दिइएको हाे । साथीको घरमा खेल्न गएका अर्जुनधारा–११ का बालक लक्ष्मण सिवाकोटी नजिकैको पोखरीमा मृत भेटिएपछि हत्याको आरोपमा स्थानीय आन्दोलित भएका थिए । आन्दोलनकै क्रममा प्रहरीको गोली लागेर अर्जुनधारा–५ का ३२ वर्षीय नरेश थापाको पनि मृत्यु भएको थियो । घटनाले गम्भीर मोड लिँदासमेत मौन बसेको भन्दै प्रदर्शनमा उत्रिएका स्थानीयले मेयरको शनिश्चरेस्थित साढे दुईतले घरमा ढुंगा प्रहार गरेका थिए । त्यसक्रममा केही झ्यालका सिसा फुटेका थिए ।’ समाचार अनुसार मेयर सिवाकोटीले घटनापछि जिल्ला प्रशासन कार्यालयमार्फत १ करोड ४ लाख बराबरको क्षतिको विवरण बनाएर सरकारसँग क्षतिपूर्ति मागेका थिए । नातिको खेलौना गाडीको क्षतिपूर्ति मूल्य मात्रै २४ हजार मागेका थिए । झापाका तत्कालीन सहायक प्रमुख जिल्ला अधिकारी भीमप्रसाद तिवारीले करिब १ करोड उपलब्ध गराउनुपर्ने फाइल प्रधानमन्त्री कार्यालयमा पठाएपछि प्रक्रिया अघि बढेको नयाँ पत्रिका दैनिकको समाचारमा उल्लेख छ ।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु