skip this
  • चितवन विशेष

    आदिकवि भानु मा.वि. ले रुवायो चितवन को निजि विद्यालय (यस्तो छ रहस्य )

  • चितवनको नारायणगढ पोखरा बसपार्कमा स्थित विगतको सामुदायिक विद्यालय आदिकवी भानुभक्त मा वि लाई आँखा चिम्लेर सम्झिने हो भने आस्चर्य लाग्छ ४ वर्ष पहिलेको विद्यालय र अहिलेको विद्यालय भौतिक रुपमा यस विधालयले एक्कासि रुपमा छलाङ मारेको आम समुदायले अवगत गरेका छन ।

    आखिर कसरी फेरियो आदिकवि ?

    सजिलैसँग बुझ्ने हो भने २०७१ मसिर १४ गते विद्यालयको प्र अको रुपमा नियुक्ति भएर आएका विष्णु सापकोटा र व्यवस्थापन समितीका अध्यक्ष बद्री अधिकारी विद्यालयमा प्रवेश गरे लगतै बिधालयले बिकासको पाइला अगाडि बढाउन थालेको महसुस गर्न सकिन्छ । उहाँहरु विद्यालयमा नियुक्ति भएपछि राज्यका निकाय हरु , जिल्ला समन्वय समिति,ससंद हरू, र राज्यका ठुला बडा मान्छे संग मेल राखेर बोरिङ खने, खानेपानी ल्याउने चार कोठे भवन निर्माण गर्ने र विद्यालयमा रंगलगाउने, बिहान आएका विधार्थी धुलोले चिन्नै नहुने हुन्थे ।चाैरमा जहाँ पानी पर्दा डुङ्गा समेत चलाउन मिल्थ्यो त्यस चौरमा मोजाएक टायल बिछ्याउने स्टाफ बस्ने राम्रो कोठा थिएन प्रअ को कक्ष व्यवस्थित थिएन, लाइब्रेरी व्यवस्थित थिएन, राज्य बाट एक रूपियाँ सहयोग नआउने जस्ता विभिन्न धेरै समस्याको समाधान सापकोटा र अधिकारीले गरेका छन ।

    विद्यालयका प्रअ विष्णु सापकोटा भन्छन पछिल्लो समयको व्यवस्थापन समितिको अध्यक्ष बद्री अधिकारीको नेतृत्वमा जुन व्यवस्थापन समिती आँट गरेर विधालयलाई नेपाल कै नमुना बनाउने भनी अगाडी बढीरहेको छ । त्यस्ले अझै विद्यालय लाई थप उर्जा प्रदान गरेको छ र सापकोटा विध्यालय को प्र भए पछि विद्यालय ले आफ्नो ३० करोड को जग्गा हराएको थियो त्यो हासिल गर्यो यति मात्र होइन सिचाइ ले प्रयोग गरेको ८ कट्ठा र आपटाडीमा शशस्त्र प्रहरी ले दाबी गरेको १५ कट्ठा जग्गा समेत जुन विद्यालय को थियो त्यसको खोजी गरेर बाउन्ड्री लगाउने काम समेत गरेर देखाएका छन ।

    अब भने बिद्यालय लाई जग्गा नपुग रहेको छैन र राजनीति संग सापेक्ष रुपमा नभएर निरपेक्ष रुपमा रहेकोले विद्यालय क्षेत्र मा राजनीति को गन्ध कसैले महसुस गर्न सकेन र समुदाय का व्यक्ति हरु पटक पटक विद्यालय आएर विद्यालय को हाल बुझ्ने जस्ता कार्य गर्नु भएको ले पनि यहाँ सम्म पुग्न टेवा पुगेको हो भनी विष्णु सापकोटा बताउँछन्

    आदिकवी मा अब के हुँदै छ ?

    यस वर्ष देखि ११ मा विज्ञान संकाय सन्चालन हुँदै छ फेरि पनि ४ कोठे भवन शिलान्यास हुँदै छ AC सहित को व्यवस्थित पुस्तकालय विद्यालय मा विद्यालय को निजि बस भित्रीने र चितवन को विभिन्न स्थान देखि विध्यार्थी आउनमिल्ने र विध्यार्थी लाई फिल्ड मा लगि पढाउने स्काउट सन्चालन हुँदै हाल आठ ओटा कक्षा मा स्मार्ट बोर्ड राखेर अध्यापन हुन्छ भने अब सबै कक्ष मा स्मार्ट बोर्ड मार्फत अध्यापन गराइने छ CC क्यामरा को सहायता ले विध्यार्थी को अनुशासन मा प्रोत्साहन गर्ने अब को केही महिना मा विध्यार्थी को स्वास्थ्य परिक्षण को निम्ति विद्यालय ले आफ्नो निजी नर्स को व्यवस्था गर्दैछ यी लगाएत पनि विभिन्न विकास को लागि अघि बढिरहेको छ र एउटा सामुदायिक विद्यालय को यो सुविधा ले निजि विद्यालय लाई ठाडै चुनौती दिएको छ

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु