skip this
  • चितवन विशेष

    आदिकवि भानुभक्त मा.वि.मार्फत भानु जयन्तीको अवसरमा साहित्यकार सम्मान कार्यक्रम सम्पन्न

  • आदिकवि भानुभक्त आचार्यको २०६ औं जन्म जयन्तीको अवसरमा आदिकवि भानुभक्त मा.वि.ले साहित्यकार सम्मान तथा काव्यगोष्टी सम्पन्न गरेको छ । चितवन तथा नवलपरासीका साहित्यकारहरुको उपस्थितीमा विहान ७ बजे प्रहरीको व्याण्डबाजा सहित सुरु भएको प्रभातफेरी कार्यक्रम ८ बजेपछि काव्यगोष्टीको रुपमा परिणत भएको थियो ।

    आदिकवि भानुभक्त मा.वि.को ऐतिहासिक स्वर्ण महोत्सव २०७५ बाट चितवन तथा नवलपरासीका साहित्यीक प्रतिष्ठान तथा भानुभक्त मा.वि.को संयुक्त आयोजनामा सुरु गरेको विद्यालयले यस बर्षदेखि साहित्यकार सम्मान कार्यक्रम सुरु गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बद्री अधिकारीले जानकारी दिनुभयो । कार्यक्रममा वरिष्ट साहित्यकार गोविन्दराज विनोदीलाई साहित्य श्रष्टा सम्मान स्वरुप नगद रु ५१ सय सहित दोसल्ला र सम्मानपत्र सहित प्रमुख अतिथि वरिष्ट साहित्यकार रामबाबु घिमिरेले सम्मान गर्नुभएको थियो ।
    साहित्यकार डि.आर.पोख्रेलले भानुभक्त आचार्यको साँस्कृतिक चिन्तनको विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने प्रस्तुत गरिएको कार्यपत्रमा साहित्यकार केदारनाथ खनालले टिप्पणी गर्नुभएको थियो । कार्यक्रममा विशिष्ट अतिथिको रुपमा शिक्षा विकास तथा समन्वय इकाई प्रमुख भूमीलाल सुवेदी, अतिथिहरुमा विद्यालयका संस्थापक सदस्य रामप्रसाद श्रेष्ठ, शिक्षाविद रमाकान्त सापकोटा, विद्यालय व्यवस्थापन समितिका सल्लाहाकारहरु हरिभद्र खनाल, गोपाल कुँवर तथा शैक्षणिक परामर्श सल्लाहकार समिति सदस्य शरदरन्जन श्रेष्ठ, साहित्यकारहरु पुष्प अधिकारी अन्जली,प्रकास चापागाई,सुरेन्द्र अस्तफल, ईन्द्र रेग्मी लगायतको उपस्थिती रहेको थियो ।
    कार्यक्रममा बोल्दै विद्यालयका प्र.अ विष्णुप्रसाद सापकोटाले “हाम्रो यस विद्यालय आदिकवि भानुभक्त आचार्यकै नाममा नामाङ्कन भएको र एउटा राष्ट्रिय विभूतिको सम्झनामा यति राम्रो कार्यक्रम सम्पन्न गर्न पाउनु विद्यालयको भाग्य रहेको र आगामी दिनमा पनि बर्षेनी भानु जयन्ती यसरीनै मनाउन सबै साहित्यकारहरुको सहयोग रहेन कुरामा विश्वास लिएको छु” भन्नुभयो।
    करिब २० जनाले आफनो रचना प्रस्तुत गर्नुभएको २०६ औ भानु जयन्ती समारोह समितिका संयोजक प्रेमविनोद नन्दनको सभापतित्वमा सम्पन्न भएको थियो ।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु