skip this
  • चितवन विशेष

    विरेन्द्र क्याम्पसकाे ताला खुल्याे, राेकिएका फारम हरू आज देखी बुझाउन सकिने

  • साउन ९, बिद्यार्थी सङगठन र क्याम्पस प्रशासनको  लामो छलफल सहमतिमा पुगेपछि भरतपुरमा रहेको बिरेन्द्र बहुमुखी क्याम्पसमा लागेको तालाबन्दी खुलेको छ ।

    क्याम्पस प्रमुख गोबिन्द सापकोटा, अनेरास्वयु बिद्यार्थी सङगठनका अध्यक्ष लिलाराम पौडेल, अखिल क्रान्तिकारीका अध्यक्ष अङकित दवाडीद्धारा हस्ताक्षरित सहमति पत्रमा बि.सि.एका बिद्यार्थीले उठाएका माग १० दिन भित्र पुरा गर्ने सहमति भएको छ ।

    क्याम्पस भित्र हुने बिभिन्न अराजक क्रियाकलाप रोक्नुपर्ने माग सहित आन्दोलनमा उत्रेका बिद्यार्थी सङगठनको माग पूरा गर्न क्याम्पस प्रशासन सकरात्मक देखिएको छ ।क्याम्पसमा चौतर्फी पर्खाल बनाउन, क्याम्पस भित्र झै—झगडा भएमा T.U आचारसंहिता अनुसार कारबाही गर्ने लगाएत सहमति भएको अखिल क्रान्तिकारी क्याम्पस ईकाई सचिब रुकु बस्नेतले जानकारी दिएकी छन् ।

    १० दिनभित्र बिद्यार्थीका माग पुरा नभएमा दुवै सङगठन कडा भएर प्रस्तुत हुने अखिल (क्रान्तिकारी) विरेन्द्रका इन्चार्ज सुशिल देवकाेटाले हामिलाइ जानकारी गराएका छन । यसअघि गत साउन ३ गते बिद्यार्थीहरुको हक हितमा लडेका आफ्नो बिद्यार्थी नेता मिलन भट्टराइ क्याम्पस हाताभित्र कुटिएको भन्दै संयुक्त बिद्यार्थी सङगठनले क्याम्पस अनिश्चतकालिन बन्द गरेका थिए । भट्टराइ लाइ कुनै किसिमकाे तनाव दिने कहिँ कतै बाट प्रयास भए त्यसलाइ नामेट हुने गरी जवाफ दिन  तयार रहेकाे समेत इन्चार्ज देवकाेटाले जानकारी गराएका छन । क्याम्पस खुले लगत्तै राेकपएकाे सम्पुर्ण फारम हरू खुलेकाे क्यामपस  प्रमुख गाेविन्द सापकाेटाले  बताएका छन ।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु