skip this
  • फिचर

    चितवनका शीर्षक घिमिरेको शब्दमा नयाँ गीत सामाजिक सञ्जालमा चर्चा बटुल्दै

  • चितवन, साउन १३-

    भरतपुरको गीतानगर स्थायी ठेगाना भई अमेरिकामा रहेका शीर्षक घिमिरेको शब्दमा नयाँ गीत बजारमा आए सँगै सामाजिक सञ्जालमा चर्चा बटुल्दै गएकाे छ ।

    एकै दिनमा १ लाख जनाले हेरेकाे उक्त  गीतमा पुष्पल खड्का र वर्षा राउतको अभिनय रहेको छ । घिमिरेका शब्दमा दीपक शर्माको संगीत रहेको गीतमा एरेन्जर नरेन्द्र वियोगीले संगीत संयोजन गरेका छन् । बुद्ध थापाले छायांकन गरेको भिडियोलाई विकास धमलाले सम्पादन गरेका छन् । जसमा कोरियोग्राफी सुबल थापाको रहेको छ । गीतको शब्दमा प्रेमी प्रेमिकाले मायाको कारण घरबार र सबथोक बिर्सिने विषयलाई देखाइएको छ । वर्षा र पुष्पलको रिल लाइफको यो कथालाई निर्देशक निकेश खड्काले शानदान तरिकाले भिडियोमा देखाउन सफल छन् । गीतमा  सुन्दा नै अानन्द अाउने शब्द हरू समेटिएका छन ।

    सामाजिक सञ्जालमा गीतकाे शब्द हरू निकै रूचाइकाे छ । युबटुबमा भेटिएका यस्ता कमेन्ट हरूले गीतकाे ख्याती लाइ जनाउँछ ।

    Prasan Bantawa
    शब्द सङ्गीत गायन अनि भिडियो सबै एकदमै राम्रो , यहाँहरूको सम्पूर्ण युनिट लाई उत्तर उत्तर प्रगतिको कामना ।

    6

    raazsong
    Congratulations Shirshak and Asmita for awesome first attempt . Voice video everything is prefect, a beautiful creation as whole.

    8

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु