skip this
  • चितवन विशेष

    एनआरएनए कतारको महासचिव पदको लागि गिरीको उम्मेद्बारी

  • आकाश गिरी, चितवन,                                                                                                                                                                              २०७६ साउन १५

    एनआरएनए कतारको महासचिव पदको लागि गिरीको उम्मेद्बारी गैर अवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको हुन गैरहेको २०१९-२०२१ पदाबधिको लागी तनहुँका पदम गिरीले आफ्नो उम्मेद्बारी घोषणा गर्नुभएको छ।

    करिब एक दशक खाडी मुलुक कतारमा बिताउनु भएको गिरीले बिभिन्न संघ सस्थामा आवद्ध भै काम गर्दै आउनु भएको छ। सक्षम ब्याक्तित्व, स्पष्ट बक्ता, नेतृत्वगर्न क्षमतावान गिरी तनहुँ जिल्ला ग्रामीण तथा निकै बिकट ऋषिङ गाउपालिका वडा न. ५ मा जन्मिनु भएको हो।

    माध्यमिक शिक्षा सकिएपछी उच्च शिक्षाको लागी काठमाडौ गएतापनि विभिन्न कारणले बिदेशिनु परेको गिरीको भनाइ छ। स्थायी घर तनहुँ भएका गिरीको जन्म सानो परिवारमा भएता पनि मनभने ठुलो छ, जसलाइ अर्काको दुख देखी सहन्य हुदैन, गिरीले प्रबासमा पनि बिभिन्न संघ सस्थाको नाम बाट दुखी, गरिबी र बेसाहराहरुलाइ सहयोग गर्दै आउनु भएको छ।

    सानो उमेरमा नै देश र जनताको लागी केहि समय छुट्याउने गिरीले नेपालमा हुदा पनि बिद्यार्थी, सामाजिक कार्यमा पनि नेतृत्व गर्नुहुने गिरी प्रबासमा पनि विभिन्न संघ सस्थाको स्थापना तथा कार्यसमितिमा हुनुहुन्छ।

    उहा तनहुँ सेवा समाज कतारको महासचिव हुनुहुन्छ भने दसनामी समाज कतार शाखाको बरिष्ठ उपाध्यक्ष हुनुहुन्छ भने तनहुँ नव बचत सहकारीको लेखा संयोजक हुनुहुन्छ। साधरण र सक्षम ब्यक्ति गिरीले आफ्नो उम्मेद्बारी पदको लागी नभै काम को लागी रहेको बताउनु भएको छ।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु