skip this
  • मुख्य खबर

    कृषि तथा वन विज्ञान विश्वविद्यालयले भरतपुरमा इन्जिनियरीङ्गं क्याम्पस सञ्चालनमा

  •  

    चितवन , जिल्लामा नै पहिलो पटक चितवन इन्जिनियरीङ्गं क्याम्पस भरतपुर सञ्चालनमा आउने भएको छ ।   त्रिभुवन विश्वविद्यालय अन्र्तगत रहेको इन्जिनियरीङ्गं अध्ययन संस्थानको आङ्गिक क्याम्पस भरतपुर महानगरपालिका वडा न १५ रामपुरमा महानगर र त्रिभुवन विश्वविद्यालयको सहकार्यमा सञ्चालन हुने पक्का भएको हो ।


    टियु अन्र्तगत रहेको इन्जिनियरीङ्गं अध्ययन संस्थानले चालु आर्थिक बर्ष २०७६/७७ का लागि प्रवेश परीक्षा आवाह्न गरेसगैँ चितवनमा नै चितवन इन्जिनियरीङ्गं क्याम्पस सञ्चालन हुने पक्का भएको हो ।
    जसका कारण अब शैक्षिक हबका रुपमा विकसित चितवनवासीले ईन्जिनियर भरतपुरमा नै अध्ययन गर्न पाउने भएका छन् ।
    कृषि तथा वन विज्ञान विश्वविद्यालयले उपलब्ध गराएको ४० विद्या जग्गामा विश्वविद्यालय अनुदान आयोगबाट प्राप्त १ करोड रुपैयाँ खर्च गरि क्याम्पस सञ्चालनको तयारी भईरहेको भरतपुर महानगरका सचिवालय प्रमुख गोपाल न्यौपानेले जानकारी गराए ।
    साथै मेयर रेनु दाहालको पहलमा छिटै क्याम्पसको अन्य पुर्वाधार निर्माणका लागि अर्थ मन्त्रालयमा लबिङ्ग भईरहेको समेत उनले बताए ।
    कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर र त्रिभुवन विश्वविद्यालय विच सम्पत्ती हस्तान्तरण प्रक्रियामा नै रामपुरमा कृषिले टियुलाई र टियुले कृषिलाई हेटौडामा जग्गा दिने सहमति यसअघि भए अनुसार रामपुरमा नै जग्गा उपलब्ध गराएपछि ईन्जिनियरिगं क्याम्पस बन्ने सूनिश्चत भएको भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले जानकारी दिईन् ।
    “शिक्षामा नगरवासीसगैँ चितवनवासीलाई के गरौँ भन्ने म मेयर भएदेखि पहल थालेको थिए मेयर रेनुले भनिन् , अब इन्जिनियरीङ्गं क्यापम्स दक्षिण एशियाकै नमुना बनाउने छौँ ।”
    उनले क्याम्पस ल्याउन सहयोग गर्ने टियुका भिसि प्रा डा तिर्थ खनियासहित सबै पदाधिकारीहरुलाई धन्यबाद समेत दिएकी छिन् ।
    टियुले चितवनमा यस बर्ष विई कम्प्युटर तर्फ र विई सिभिल तर्फ ४८/४८ सिट गरि ९६ जनाको सिटका लागि भर्ना सेमत खुलाएको छ ।
    चितवन इन्जिनियरीङ्गं क्याम्पसमा क्रमिक रुपमा इन्जिनियरीङ्ग विद्याका १६ वटा कार्यक्रम र शिक्षक र विद्यार्थीहरुलाई आवासीय रुपमा नै राखेर पढाउने भावी योजना समेत रेहेको उनले बताईन् ।
    साउनदेखि कक्षा सुरु गर्न हाल रामपुरको कर्बड हललाई प्रशासकीय भवन बनाएर काम अगाडी समेत बढि सकेको क्याम्पसले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु