skip this
  • चितवन विशेष

    शुक्रबार -आज को राशी फल

  • आजको – पञ्चाङ्ग
    वि.सं. २०७६ साउन २४, शुक्रबार, इ.स. २०१९ अगस्ट ९, शकसंवत् १९४१,परिधावी संवत्सर, दक्षिणायन, वर्षा ऋतु, ने.सं. ११३९ गुँलाथ्व, श्रावण शुक्लपक्ष, नवमी, १३:५६ उप्रान्त दशमी, नक्षत्र– अनुराधा, २६:१५ बजेउप्रान्त ज्येष्ठा, योग– ब्रह्म, १६:५३ बजेउप्रान्त ऐन्द्र, करण– कौलव, १३:५६ बजेदेखि तैतिल, २५:२९ बजेउप्रान्त गर,आनन्दादिमा राक्षस योग, चन्द्रराशि– वृश्चिक, सूर्योदय– ५:३१ बजे, सूर्यास्त– १८:४६ बजे र दिनमान ३३ घडी ६ पला। विश्व आदिवासी दिवस।

    आजको राशिफल

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
    विश्वासमा धोका हुने भएकाले गोपनीयतामा जोड दिनुहोला, बुझेरमात्र काम गर्नुहोला,विनादोष कारवाहीमा पर्ने सम्भावाना छ,पति–पत्नीमा राम्रो सम्वन्ध नहुने भएकाले मन उदास रहनेछ, उठ्नुपर्ने रकम हातलागी भए पनि तत्काल खर्चनुपर्ला, कर्म योगका थप बाटाहरू खुल्नेछन्,आजको शुभ अंक ३ रहेको छ।

    वृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
    अरुसँग गुमेको विश्वास फर्कने वातावरण बन्नेछ ,विश्वास गुम्ने सम्भावना छ,सचेत रहनुहोला,कामको बोझ थपिनेछ, धार्मिक क्रियाकलापमा बाधा हुनेछ,साइनो गाँस्नेहरूले भने दुःख दिनेछन्,व्यापारमा अवरोध आउने,यात्रामा समस्या आउने, धार्मिक क्रियाकलापमा रुचि जाग्नेछ,आजको शुभ अंक ५ रहेको छ।

    मिथुन (का, कि,कु, घ, ङ , छ, के, को, ह) –
    अधुराकाम पुरा हुनुकोसाथै नयाँकाम पाउने योगछ,व्यापारमा प्रगति हुनेछ,प्रेम प्रसङ्ग सफलरूपमा अघिबढ्नेछ,गोपनीयतामा ध्यान दिनुहोला,सुखदुःखमा साथ पाइनेछ,समस्याहरू धेरै आउनेछन्,शंका उपशंका बढ्नेछ,मानसिक तनाव उच्च विन्दुमा पुग्नेछ,आजको शुभ अंक ५ रहेको छ।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
    पढाइलेखाइ र व्यवसायमा उन्नति हुनेछ, अस्वस्थताका बीच कामको बोझ बढ्नेछ,मान–सम्मान पनि पाइनेछ,खाइपाइ आएको सेवा–सुविधामा कटौति हुनसक्नेछ, व्यापारमा संकट आउने, यात्रामा अवरोध हुने देखिन्छ ,आजको शुभ अंक १२ रहेको छ।

    सिंह(मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
    घरेलु समस्याले घरै छोड्ने स्थिति आउन सक्छ,स्वास्थ्य कमजोर देखिए पनि लक्ष्य प्राप्त गर्न सकिनेछ,जोश र जाँगर बढ्ने आफ्नै प्रयासले नयाँ कामहरू प्राप्त हुनेछन्,भौतिक साधनहरू जुटाउन सकिनेछ,आजको शुभ अंक ७ रहेको छ।

    कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
    सुरुमा काम बन्नुका साथै प्रशस्तै आम्दानी हात पर्नेछ,अधुरा कामहरू बन्नेछन्,सचेत रहनुहोस्,अनुभवले ज्ञानको दायरा बढ्नेछ,सहयोगी र दाजुभाइहरुबाट समेत धोका हुन सक्ने भएकोले गोपनीयतामा जोडदिनुहोला,नोकारीमा समस्या आउनेछ, स्थानान्तरण हुने,राज्यबाट सम्मान हुने,आजको शुभ अंक ८ रहेको छ।

    तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)–
    पढाइमा सफलता मिल्ने,सन्तानहरुबाट सहयोग पाउने,पति–पत्नीबीच मतभेद र प्रेममा खटपट हुन सक्ने भएकोले संयम हुनुहोला,बोलीको प्रभावमा अरुलाई विश्वास दिलाउन सफलभई आफ्नो कार्य अघि बढान सकिनेछ,आजको शुभ अंक ९ रहेको छ।

    वृश्चिक (तो,व ना, नि, नु, ने, नो, या, यि, यु)
    घरेलु समस्या देखापर्न सक्छन्,आफ्नै कमजोरीले परिवारजनमा असन्तुष्टि बढ्न सक्छ,आफन्तबीच अविश्वास बढ्ला,सचेत रहनुहोला,सानो कामका लागि लामो यात्रा गर्नुपर्ला,पति–पत्नीबीच विवाद बढ्नेछ,घरेलु समस्याले सताउने,मित्र र आफन्त हरुले धोका दिने भएकोले मन चिन्तित हुनेछ,आजको शुभ अंक ८ रहेको छ।

    धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)–
    माता,पिता र सन्तानसँग मतभेदकाे स्थिति अाउन सक्छ,कार्यमा विभिन्न नयाँ अवसर प्राप्त हुनेछन्,पारिवारिक आवश्यकता पूरा गर्न सकिनेछ,परिस्थितिको बन्धनमा परिने समय छ,गोपनीयतामा ध्यान दिनुहोला,नोकरी तथा राजनीतिमा बुद्धिको उपयोग गरे लक्ष्यअनुसार अघि बढ्न सकिनेछ,आजको शुभ अंक १० रहेको छ।

    मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
    झुटा आरोप लाग्ने योग भएकोले सबैकाममा आफैँले ध्यान दिनुहोला,राजनीतिमा पाएको सुविधा गुमाउनु पर्ला, रोगबाट छुटकारा मिल्नेछ,लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ, पाएको जिम्वेवारी पुरागर्न पूर्णरूपमा सफलहुनुहोला,काम सामान्य भए पनि राम्रो आम्दानी हुनेछ,आजको शुभ अंक १ रहेको छ ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
    प्रभावशाली व्यक्तिहरू प्रतिस्पर्धामा उत्रन सक्छन्,बलजफ्ती गर्दा थप समस्या आउन सक्छन्,सामान्य काम र उद्देश्यविहीन भ्रमणमा बढी समय बित्न सक्छ,बोलीको गलत अर्थ लाग्नाले वाद विवादमा परिएला,सचेत रहनुहोस,निर्णय गलत ठाउमा पर्नाले फाइदा अर्कैका हातमा जानेछ,आजको शुभ अंक ६ रहेको छ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
    अभिभावकसँग संयमतापूर्वक व्यवहार गर्नुहोला,फसिने डरले सताउन सक्छ,झगडा पनि हुनसक्छ,कर्मसिद्धिको समय छ, स्वास्थ्यस्थिति कमजोर बन्नाले त्यसप्रति चिन्ता बढ्न सक्छ, केही अनियन्त्रित खर्च पनि हुनेछ,पढाइमा अरु प्रगति हुनेछ, जोश र जाँगर बढ्नेछ,आजको शुभ अंक ११ रहेको छ।

    – राशिफलमा जे जस्तो भएपनि नयाँ जाेस जाँगर र उत्साहकासाथ कार्यमा अगाडि बढ्नुहाेस् अवश्य सफलता मिल्नेछ।

    -ज्यो.प.उपेन्द्र काेईराला
    देवघाटधाम ९८५५०५२०४७,९८४५२०६०४७

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु