skip this
  • चितवन विशेष

    अन्तरजातीय प्रेम कथा लुकेको यसपालिको तिज गित, जहाँ दर्शक भए भावुक

  • तीज नजिकै गर्दा तीज गीतहरुको धुइको लागि रहेको छ। विभिन्न कलाकार ले  बिभिन्न शब्द लयमा गीतहरु निकालिरहेका  छन् । कुनै निकैनै रमाइलो प्रवृतिका छन् । त कुनै छमछम नचाउने खालका छन् । आज भोलि पहिला पहिला का जस्ता लोकसास्कृति झल्कने खालका गीतहरु बजारमा कमै मात्रमा देख्न पहिन्छ ।

    यस्तै गीतहरु बजारमा आउने क्रम जारी रहिरहदा चेली १, चेली २ , लाई दर्शकहरुले निकै मनपराए छन्।  यसै क्रममा चेली ३ तीज गीत पनि सार्वजनिक भैइसकेको छ । तारानाथ आचार्य र दिपक पौड्याल को शब्द तारानाथ आचार्य को लय रहेको चेली ३ गीत पनि धेरै दर्शकहरु ले हेरी सकेका छन् ।

    डिजिटल स्टार को प्रस्तुतिमा रहेको चेली ३ मा माया गुरुङको सुमधुर स्वर रहेको छ । भने अनु पराजुली दिपक पौड्याल को अभिनय रहेको छ । छयांकनमा गणेश सापकोटा र सम्पादनमा सुबास अम्गाई ले गरेका छन् । निर्देशन तारानाथ आचार्यको रहेको छ

    निर्देशक तारानाथ आचार्य का अनुशार चेली १ ले २० लाख दर्शक बटुल्यो २ ले करिब १४ लाख बटुल्ने क्रम मा छ भने ३ ले एकदम छोटो समय मा १ लाख बटुल्ने क्रम मा छ र views को कुरा मा भने वर्ष भरिनै गैरहने गित हो र चेली १/२ लाई भन्दा चेली ३ लाई बढी मिहिनेत गरेका छौ भनी निर्देशक तारानाथ आचार्य ले बताउनु भएको छ
    एउटा घाँस काट्दै गरेकी चेली र गन्धर्व ( गाइने दाइ ) को प्रेम को अन्तरजातीय कथा यस गित मा बयान गरिएको छ
    र दर्शक को साथ र हौसला चेली ३ ले निकै नै पाएको छ
    https://youtu.be/j5XGZwVCiaA

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु