skip this
  • फिचर

    काँग्रेसले कास्कीकाे उपनिर्वाचनमा सुवास कोईरालालाई उम्मेदवारको टिकट दिने

  • काँग्रेसले कास्कीकाे उपनिर्वाचनमा सुवास कोईरालालाई उम्मेदवारको  टिकट दिने लगभग पक्कापक्की भैसकेको छ । काँग्रेस स्रोतले दिएको यो खबरलाई युवा नेता कोईरालाले पनि पुष्टी गरेका छन् । ‘अनौपचारिक रुपमा केन्द्रीय तहबाट यो खाले प्रस्ताव आएको छ । र, मैले पनि यसलाई सकारात्मक रुपमा लिएको छु ।’ कोईरालाले भने ।

    केन्द्रीयस्तरमा कोईरालाको सम्बन्ध र स्थानियस्तरमा उनको प्रभाव देखेर नै काँग्रेसले उनलाई टिकट उपलब्ध गराउन लागेको उनी निकट स्रोत बताउँछ । त्यसैमाथि पोखरामा काँग्रेस राजनीतिलाई स्थापित गराउन उनको बाजेपुस्तादेखि निरन्तर योगदान रहँदै आएको छ । उनका बाजे करुणानीधि कोईरालाले लामो समय जेलनेल बिताएर काँग्रेसको विकासमा योगदान पु¥याएको ईतिहास पनि छ ।
    पोखरा गैरापाटन घर भएका कोईरालालाई पुरानो राजनीतिक परिवारका सदस्य भएर भन्दा पनि लोकप्रिय युवा नेता भएकोले पनि पार्टीले टिकट उपलब्ध गराउन लागेको केन्द्रीय तहका नेताहरुले बताएका छन् । काँग्रेस भएकै कारण उनी १२ वर्षको उमेरमा जेलमा परेका थिए । तत्कालिन पञ्चायत शासनको विरुद्धमा आन्दोलनमा होमिएको कारण उनलाई जेल हालिएको थियो । नेबिसंघ कास्कीको सँस्थापक समेत रहेका उनका बुवा राजेन्द्रनीधि कोईराला पनि हाल राजनीतिमै सक्रिय छन् । यो बीचमा उनले सँयोजकको हैसियतमा रहेकार नेबिसंघ कास्कीको विवादलाई साम्य पारेका थिए ।
    काँग्रेस राजनीतिममा सक्रिय र स्वच्छ छवि बनाएका भनिएका कोईरालालाई पार्टीले टिकट उपलब्ध गराउने ‘ग्रीन सिग्नल’ दिए देखि नै स्थानियस्तरमा काँग्रेस सम्बन्धित युवाहरु हौसिएका छन् । तरुण दल र नेविसंघको राजनीति गरेर आएका कोईरालाको सपोर्टमा विद्यार्थी र युवाहरु बढि नै देखिएका छन् ।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु