skip this
  • चितवन विशेष

    शुक्रवार -हेर्नुस् यस्तो छ तपाईं को आजको राशिफल

  • आजको – पञ्चाङ्ग
    वि.सं. २०७६ साउन ३१, शुक्रबार, इ.स. २०१९ अगस्ट १६, शकसंवत् १९४१, परिधावी संवत्सर,दक्षिणायन,वर्षा ऋतु, ने.सं. ११३९ गुँलागा, भाद्र कृष्णपक्ष, प्रतिपदा, १८:२० उप्रान्त द्वितीया, नक्षत्र– धनिष्ठा, १०:२४ बजेउप्रान्त शतभिषा, योग– शोभन, १३:२७ बजेउप्रान्त अतिगण्ड, करण– कौलव, १८:२० बजेदेखि तैतिल, ३१:२० बजेउप्रान्त गर, आनन्दादिमा धाता योग, चन्द्रराशि– कुम्भ, सूर्योदय– ५:३५ बजे, सूर्यास्त– १८:४० बजे र दिनमान ३२ घडी २ पला।अाज गाईजात्रा।

    आजको राशिफल
    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
    पुराना कामकाजमा सफलता मिल्नेछ। व्यापारमा उन्नति प्रगति हुनेछ,मिहिनेतले लक्ष्यमा पुर्याउनेछ। विवादास्पद कामको जिम्मेवारी आउन सक्छ। अवसर आए पनि नयाँ काममा हात हाल्नुअघि विचार पुर्याउनुहोला,अाजकाे शुभ अंक ९ रहेकाे छ।

    वृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)-
    विशिष्ट व्यक्तिसंगकाे भेटले मन हर्सित रहला,शत्रुमाथि विजयी भइनेछ, आफन्तजनकाे सहयोगमा काम बन्नेछ ,कला साहित्य तथा सिर्जनाकाे क्षत्रमा मन जानेछ,दाजुभाइ तथा दिदीबहिनीको सहयोग पाइने छ,सामाजिक काममा अग्रसर भईने छ,आजको शुभ अंक ५ रहेको छ।

    मिथुन (का, कि,कु, घ, ङ , छ, के, को, ह) –
    शुत्रुहरु परास्त हुनेछ,गरेको काममा सफलता मिल्नेछ,मानले चिताएको कार्यमा सफलता पाइएला,निर्णय गलत ठाउँमा पर्नाले फाइदा अर्कैका हातमा जानेछ,विगतका कमजोरीले गर्दा दैनिक कार्यमा बाधा व्यवधान अाउने छ,सहयोगी हरुले धोका दिन सक्नेछन,बोलिमा विचार गर्नु होला,आजको शुभ अंक ८ रहेको छ।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
    गरेको कामबाट प्रशस्त मनग्ये धन कमाईने छ,सत्रु र रोग बढ्ने भएकोले खाना र बोलिमा बिचार गर्नुहोल, कर्मयोगका थप बाटाहरू खुल्नेछन्,पढाइलेखाइ र व्यवसायमा उन्नति हुनेछ,काममा लगानी बढाउन सकिनेछ,आजको शुभ अंक ९ रहेको छ।

    सिंह(मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
    प्रेमीसँगकाे भेटले मन प्रशन्न रहनेछ,जनसर्म्पर्क बढ्नेछ,आफन्तबाट धोका हुनेछ,मित्रता र प्रेमको बन्धन कसिनेछ,खर्च र थकाइ बढ्नेछ,निराश नहुनुहोस्,मन स्थिति अनुकूल बन्नेछ, आजको शुभ अंक १० रहेको छ।

    कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
    काम अनुसारकाे जस पाईनेछैन,सत्रु बडने छ स्वाथ्यमा समस्या आउनेछ,आफ्नै कमजोरीले गर्दा हात लागिसकेको काम फुत्कन सक्छ, सचेत रहनुहोला,समयमा काम पूरा नहुनालेअरुकाे गालीगलाेज सुन्नु पर्ला,आजको शुभ अंक ५ रहेको छ।

    तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)–
    अाफन्तकाे सहयाेगमा नयाँकाम बन्नेछ,रमाईलाे यात्रामा सरिक भइएला,मन हर्सित रहनेछ ,वैदेशिक यात्रामा सफलता मिल्नसक्नेछ,सानै प्रयासले पनि ठूलो काम बन्ला,अाज मनपर्ने वस्तुको लाभ होला, आजको शुभ अंक ८ रहेको छ।

    वृश्चिक (तो,व ना, नि, नु, ने, नो, या, यि, यु)
    सभा सम्मेलनमा सहभागि हुने अवसर मिल्नेछ,पेटका समस्या बढ्नेछ,अाफन्तजनबाट सहयाेग प्राप्त हुनेछ,भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ,आजको शुभ अंक ६ रहेको छ।

    धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)–
    नजिकका मान्छेले धाेका दिनेछन् ,खर्च बढ्नेछ,अधुरा कामहरू बन्नेछन्,प्रेमीसँगकाे भेटले मन रमाउनेछ ,धर्ममा रुचि बढ्नेछ , मानसमान पाउने योग छ र अरुको बिश्वास जितिने छ,मन प्रसन्न रहला,आजको शुभ अंक ११ रहेको छ।

    मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
    बाेल्दा विचार पुर्याउनु हाेला,शत्रु बढ्नेछन्,काममा सफलता मिल्ने छ,नयाँ काम गर्ने मौका आउला,धर्ममा रुचि बढ्नेछ,मानसम्मान पाउने योग छ र अरुको बिश्वास सजिलै जितिने छ,आजको शुभ अंक ३ रहेको छ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
    काम गरे अनुसारकाे जस पाइने छैन,सवारिसाधन चलाउदा विचार पुर्याउनु हाेला शरिरमा चोटपटक लाग्ने सम्भावाना छ,समयमा निर्णय गर्न नसक्दा पछि परिनेछ,शुत्रु बढ्ने छन् स्वाथ्यमा पनिसमस्या आउनसक्छ खानपिनमा ध्यान दिनुहाेला, आजको शुभ अंक ७ रहेको छ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
    चोटपटक लाग्ने सम्भावाना छ,सामाजिक काममा सरि भईएला,सामाजिक जिम्मेवारी थपिएला,मान प्रतिष्ठा ईज्जत बढ्दैछ जानेछ,अाफन्तकाे सहयाेगमा व्यावसायिक काममा पनि राम्रै उन्नतिप्रगती हुने देखिन्छ,आजको शुभ अंक १ रहेको छ ।

    – राशिफलमा जे जस्तो भएपनि नयाँ जाेस जाँगर र उत्साहकासाथ कार्यमा अगाडि बढ्नुहाेस् अवश्य सफलता मिल्नेछ।

    -ज्यो.प.उपेन्द्र काेईराला
    देवघाटधाम ९८५५०५२०४७,९८४५२०६०४७

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु