skip this
  • चितवन विशेष

    पुडासैनी को न्याय का लागि चितवन का युवा उत्रिए सडकमा(राजनीतिक हस्तक्षेप भएको दावी )

  • चितवन  : सञ्चारकर्मी सालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा स्वतन्त्र छानविन गर्न र न्याय दिलाउन भन्दै शनिबार विहानै चितवनका युवाहरुले प्लेकार्ड सहितको जुलुश निकालेका छन् ।
    पुडासैनीले आत्महत्या अघि बनाएको सुसाइड भिडियोमा न्युज २४ का पत्रकार रवि लामिछानेले आफुलाई मर्न वाध्य पारेको बताएपछि अनुसन्धानका लागी पत्रकार लामिछाने सहित ३ जनालाई विहिबार राति प्रहरीले पक्राउ गरी चितवन पुर्याएको थियो ।

    शुक्रबार दिनभर लामिछानेका समर्थकका नाममा कांग्रेस र केही राजावादीहरुले चितवनमा लामिछानेमाथि छानविन गर्न नपाईने भन्दै नाराजुलुश गरे पश्चात् राजनीति हस्तक्षेप भएको भन्दै शनिबार विहानै चितवनका स्थानिय युवाहरुले कानुनत छानविन गर्नुपर्ने, पुडासैनीलाई न्याय दिलाउनुपर्ने भन्दै प्लेकार्डसहित चितवनको चौविसकोठी नाराजुलुस गरेका थिए ।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु