skip this
  • फिचर

    कृपया आफ्नै छोरा सम्झी सेयर गर्नु होला चार दिन देखि बेपत्ता छन यी बालक

  • काठमाडौँ । काठमान्डौँको बुद्धनगरमा रहेको के.एम.सी स्कुलमा कक्षा ८ मा अध्ययनरत हाम्रा छोरा जेन्सल रावल ३ दिन देखि वेपत्ता भएका छन् । गत शनिबार साढे ८ बजे घरबाट निस्किएका छोरा जेन्सनले वेपत्ता हुनुअघि १८ वर्षका अभिषेक बस्याललाई भेटेको देखिएको छ । सोही आधारमा बस्याललाई प्रक्राउ गरी प्रहरीले अनुसनधान गरिरहेको छ । जेन्सन भक्तपुरको बालकोटमा बस्दै आएका थिए ।

    काठमान्डौँ प्रहरी परिसर टेकु र अपराध अनुसन्धान व्यूरोले जेन्सनको खोजी गरिरहेको भए पनि पत्ता लाग्न नसकेको अभिभावकले बताएका छन् । अभिभावकले वेपत्ता हुनुअघि सँगै रहेका अभिषेकलाई घटनाबारे थाहा भएको बताएका छन् । तर बस्यालका परिवारले भने अभिषेकलाई छुटाउन दबाब दिइरहेको जेन्सनका अभिभावकले बताएका छन् ।

    बानेश्वर प्रहरीका डीएसपी दुर्गाराज रेग्मिले भने प्रहरी बालकको खोजीका लागि गम्भीर भएर लागेको दाबी गर्नुभयो । जेन्सन र अभिषेकले भेटेको देखिए पनि त्यसपछिका प्रमाण नभेटिएको डीएसपी रेग्मिले बताउनुभयो । जेन्सनका परिवारले बालकको खोजीमा सहयोग गरिदिन आग्रह गरेका छन्

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु