skip this
  • चितवन विशेष

    ९ वर्षीय बालिका लोकश्रीको माया किन लाग्छ बरै गित सार्बजनिक

  • काठमाडौँ । अमेरिकामा बस्दै आएकी ९ बर्षिया लोकश्री आचार्यको स्वरमा रहेको माया किन लाग्छ बरै वोलको गीत सार्वजानिक भएको छ । नेपालमा जन्मेर २ बर्षको उमेरमा अमेरिका पुगेकी उनी आफ्ना मातापीता र भाईको साथमा टेक्सासस्थित लबक शहरमा बस्दै आएकी छिन् । जसको स्वर निकै सुमधुर छ ।

    लबक शहरकै लेगेसी इलिमेन्टी स्कुलमा ग्रेड ४ मा अध्ययनरत लोकश्री परिवारकासाथ छुट्टी मनाउन नेपाल आएको समयमा उक्त गीत रेकर्ड गराइएको हो । आफ्ना मातापीताको पहलमा उनले यो साईत जुरेको उनले वताइन । दिनदुखीप्रति मायाभाव दर्साउने उक्त गीत दिपक शर्माले रचना एवं संगीत गरेका हुन् ।

    जसमा नरेन्द्र वियोगीले एरेन्ज गरेका छन् । धर्मराज आचार्यको छायाँकन रहेको उक्त गीतको भीडियोलाई राम श्रेष्ठले सम्पादन गरेका हुन् । परिवारबाट हौसला पाईरहेको वताउने लोकश्रीले अंग्रजी गीतहरु राम्रोसँग गाउन सक्छिन् भने, आकर्षक नृत्यसमेत गर्न सक्छिन् । रक्षा नेपालमा आफ्नो आफ्नो जन्मदिन मनाउँदै उनले १ लाख रुपैयाँ सहयोग पनि गरेकी थिइन् ।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु