skip this
  • नेपाल सेरोफेरो

    रामपुर नगरभित्रको अनियमिता : घर दुई तला, प्रमाणपत्र तीन तला !

  •     रानीमहल संवाददाता || ३ कार्तिक २०७६,आईतवार १३:४७

    पाल्पा – रामपुर नगरपालिकाभित्र बनेका घरहरूको ‘सम्पन्न प्रमाणपत्र’ दिदा अनियमिता भएको पाइएको छ । नगरभित्र बनेका केही घरधनीहरूले बनाएको घरको नक्सा र घरको डिजाइनभन्दा फरक पारेर नगरपालिकाले ‘घर सम्पन्न प्रमाणपत्र’ घरधनीलाइ दिएको छ ।

    रामपुर नगरपालिकाले निश्चित मापदण्ड बनाएर घर बनाउनुपर्ने, नक्सा पास गरेर सोही अनुसार घर बनाउनुपर्ने प्रावधान राखेको छ । यद्यपी यो प्रावधान घरधनी र कर्मचारीहरूकाे मिलेमतोमा फिका बनेका छ । फिल्डमा जाने कर्मचारी र सम्बन्धित घरधनीको मिलेमतोमा हुँदा नगरपालिकाले दिने सम्पन्न प्रमाणपत्र वास्तविकता भन्दा फरक बनेको छ । घरधनीले बनाउने भनेको घरको नक्सा, घरको अवस्था भन्दा फरक पारेर सम्पन्न प्रमाणपत्र वितरण नगरपालिकाले गरिरहेकाे छ ।

    रामपुर नगरपालिका वडा नं. ६, गौटारकी पदमकुमारी पाध्यानीको घर दुई तलाको छ । तर नगरपालिकाले तीन तलाको घर निर्माण भएको ‘सम्पन्न प्रमाणपत्र’ नै दिएको छ । प्रमाणपत्रमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बावुराम अर्याल, सब इन्जिनियर उदय बराल र इन्जिनियर कृष्ण बहादुर थापाले हस्ताक्षर गर्नुभएको छ । घर र प्रमाणपत्र फरक परेपछि यी तीन जनाले कसरी हस्ताक्षर गरे भन्ने प्रश्न उठेकाे छ ।

    नगरपालिकाले दिएकाे घर सम्पन्न प्रमाण पत्र ।

    रामपुरभित्र पदमकुमारीको मात्र होइन, यहाँ अन्य घरधनीले पनि फिल्डमा भएको वास्तविक अवस्था भन्दा फरक रूपमा तयार भएकाे ‘प्रमााण’ बुझिरहेका छन् । रामपुर–३, कै सुवेदी थरकी घरधनीलाई समेत नगरपालिकाले घर सम्पन्न प्रमाणपत्र दिएपनि फिल्डमा भने प्रमाणअनुसार छैन ।

    फिल्डमा देखिएकाे २ तलाकाे घर ।

    यहाँका घरधनीको दवाब र प्रलोभनमा नगरपालिकाका केही प्राविधिक कर्मचारीहरूले वास्वविक अवस्थाभन्दा फरक पारेर ‘सम्पन्न प्रमाणपत्र’ वितरण गरेको आरोप स्थानीय बासिन्दाहरूले लगाएका छन् । घरधनी र प्राविधिक कर्मचारीको मिलेमतोमा यस्तो नक्कली कागज बनाइयो, स्रोतले भन्यो दुई तलाको घर बनाउनेलाई तीन तलाको सम्पन्न कागज कसरी दिइयो ? एक नगरबासीले भने ।

    फिल्डभन्दा फरक बनाउन मिल्दैन : अर्याल
    रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बावुराम अर्यालले भने फिल्डमा फरक र सम्पन्न प्रमाणपत्र फरक दिन नमिल्ने बताउनुभयो । उहाँले यस बारेमा आफूले बुझेर मात्र थप कुरा भन्न सक्ने प्रतिक्रिया दिनुभयो । म अहिले बाटोमा छु बुझेर मात्र थप कुरा गर्न सक्छु अर्यालले भन्नुभयो ।

    गल्ती भएकै हाे : सव इन्जिनियर बराल
    उता घर सम्पन्न भए/नभएको फिल्डमा हेर्ने जिम्मेवारी लिनुभएका सव इन्जिनियर उदय बरालले भने प्रमाणपत्र दिदा गल्ती भएको स्वीकार्नुभयो । प्रमाणपत्र दिदा कमजोरी भएकै हो उहाँले भन्नुभयो धरधनीले तीन तलाको घर बनाउँछु भनेर घर दुइ तलाकाे बनाए । घरधनीले पहिले तीन तलाको नक्सा बनाएर ल्याएको र पछि दुई तलाको मात्र घर बनाएको बरालको भनाई छ ।

    प्रतिक्रिया दिनुहोस

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु