skip this
  • नेपाल सेरोफेरो

    नेपाली भूभाग भारतको नक्सामा समेटिएकोप्रति विरोध

  • काठमाडौँ । भारत सरकारद्वारा हालै सार्वजनिक नयाँ नक्सामा नेपालको लिम्पियाधुरादेखि लिपुलेकसम्मको भूभाग आफ्नो नक्सामा समेटे प्रति सत्तारुढ दल निकट विद्यार्थी संगठनले विरोध जनाएको छ ।

    अनेरास्ववियूले त्यसको विरोधमा बुधबार राजधानीमा प्रदर्शन गर्ने भएको छ । अनेरास्ववियूकी नेतृ सुनिता बरालले राष्ट्र र राष्ट्रियतासँग जोडिएको विषय भएकाले सबै पक्ष एकजुट भएर भारतलाई गल्ती सच्याउन दबाब दिनुपर्नेमा जोड दिइन् ।

    ‘भारतको यस्तो शैलीले नेपाली भूभागमा मात्रै नभएर सार्वभौमिकता र स्वाधीनतामाथि नै अतिक्रमण भएको छ । यो विषयलाई अब उप्रान्त निहुँ खोज्ने ठाँउ नदिई कुटनितिक र राजनितिक पहलमार्फत टुंगोमा पुर्याइनु पर्छ,’ उनले भनिन् ।

    भारतीय पक्षले नक्सामा नेपाली भूमि समेटेसँगै त्यसको चौतर्फी विरोध हुँदै आएको छ ।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु