skip this
  • चितवन विशेष

    सिताराम सस्कृत विधालयमा ब्यबस्थापन अध्यक्षमा सापकोटा चयन

  • भरतपुर १ देवघाट चितवन स्थित सिताराम सस्कृत मा वि मा २०७६ कार्तिक २० गते विद्यालय व्यवस्थापन समिति गठन सम्बन्धि भरतपुर महानगरपालिका शैक्षिक प्रशासन महाशाखा का विद्यालय निरीक्षक रुद्र शर्मा पौडेल को सयोजकता मा बृहत अभिभावक भेला भएको थियो ।
    १२ जना अभिभावक को उम्मेद्बारी मा ४ जना अभिभावक चयन गरि भ.म.न.पा वडा न.१ का प्रतिनिधि शुक्र कुमार श्रेष्ठ र सदस्य सचिव सहित ६ जना को सदस्यता मा र जेष्ठ सदस्य शुक्रकुमार को अध्यक्षता मा २ जना सदस्य मनोनीत गरि ८ जना को सदस्य चयन गरि पुनः ८ जना सदस्य बाट बसेको बैठक ले दधिराम सापकोटा लाई विद्यालय व्यवस्थापन समिती को अध्यक्ष मा निर्णय गर्यो र फेरि पनि शिक्षक अभिभावक संघ को अध्यक्ष मा ऋषि राम लामिछाने लाई उक्त भेला को सर्वसमत अध्यक्ष बनाउने घोषणा गर्यो ।
    कार्यक्रम मा २ घण्टा को लामो छलफल पछि मात्र निर्णय टुंगिन पुगेको हो । वर्तमान अध्यक्ष सापकोटा भन्नू हुन्छ विद्यालय को लागि मैले गरेको योगदान सबैलाई अवगत नै छ र अब भने पहिला को भन्दा अझै व्यवस्थित तरिका बाट हामी अगाडि बढ्नेछौ र अहिले को सीताराम मा वि र अब आउने सिताराम मा वि मा आफै अवलोकन गरेर हेर्न सक्नु हुनेछ र ३ महिना भित्र नै सीता राम मा वि परिवर्तन देखिने वर्तमान अध्यक्ष सापकोटा ले दावी गरे ।
    विद्यालय का प्र. मिलन घिमिरे अब नयाँ अध्यक्ष का साथ पनि काम गर्न पाउँदा विद्यालय मा केही परिवर्तन ल्याउन सकिने आशा व्यक्त गर्दै अध्यक्ष संग हातेमालो गर्दै ३ महिना पछि को सिताराम मा वि अर्कै हुनेछ विद्यालय का प्र. मिलन घिमिरे ले बताए ।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु