skip this
  • चितवन विशेष

    शुल्क वृद्धिको विरुद्ध सप्तगण्डकी क्याम्पसमा कालो पट्टी बाधेर बिरोध प्रदर्शन

  • चितवनका पब्लिक क्याम्पस हरुले एकैसाथ शुल्क वृद्धि गरे पश्चात चितवनका पब्लिक क्याम्पस हरुमा विद्यार्थीहरुले आन्दोलन थालेका छन ।

    यसैगरि चितवनको भरतपुर स्थित सप्तगण्डकी बहुमुखी क्याम्पसमा कक्षा ११ र १२ का विद्यार्थी हरुले शुल्क वृद्धिको बिरोधमा कालोपट्टी सहित बिरोध प्रदशन गरेका छन ।

    नेपाल सरकारले उच्च शिक्षा निशुल्कको अबधाराणा ल्याए पनि क्याम्पसमा भने शुल्क वृद्धि गरिएको कारण बिरोध प्रदशान गर्न बाध्य भएको सप्तगण्डकी क्याम्पसमा १२ कक्षामा अद्य्ययनरत विद्यार्थी बिकाश ढकालले बताए ।

    गरिब तथा बिपन्न विद्यार्थीहरुले अहिले भैरहेको शुल्क त बुझाउन कठिन परिरहेको समयमा क्याम्पसमा वृद्धि गरिएको शुल्कले झनै गरिब तथा बिपन्न विद्यार्थी मर्कामा पर्ने भएको कारण आन्दोलन गर्न बाध्य भएको अर्का १२ कक्षामा ब्याब्स्थापन बिषय अद्य्ययन गरिरहेका विद्यार्थी सागर दुवाडीले दुखेसो पोखे ।

    आन्दोलनको चारण अन्तग्रत यो सुरुवात भएको र शुल्क नघटाए सम्म आन्दोलन गरिरह्नने विद्यार्थी हरुले जानकारी गराएका छन ।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु