skip this
  • चितवन विशेष

    १०औं रत्ननगर महोत्सव शुरु, ५० करोडको आर्थिक कारोबार हुने

  • चितवन । चितवनको गौरव र गरिमामय प्रस्तुति रत्ननगर महोत्सवको १०औं संस्करण आज शुक्रवार देखी सुरु भएको छ । रत्ननगर उद्योग बाणिज्य संघको आयोजनामा टिकौली चौरमा सुरु भएको महोत्वसको एक समारोहका बीच पूर्व अर्थमन्त्री एवंम् प्रतिनिधी सभा सदस्य सुरेन्द्र पाण्डेले उद्घाटन गरे ।


    महोत्सवको उद्घाटन समारोहलाई सम्वोधन गर्दै पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले मेला महोत्सवले स्थानीय उत्पादन भन्दा वाह्य वस्तुलाई प्राथमिकता दिने गरेको भन्दै यसको अन्त्य हुनु पर्ने बताए । स्थानीय उत्पादनको प्राथमिकताले मात्रै महोत्सवको सान्र्द्भिकता हुन्छ पूर्व अर्थमन्त्री पाण्डेले भने ’अहिले भईरहेका महोत्सवहरुमा वाहिरी बस्तुले स्थान पाएका छन् जसले यहाँको पुँजी बाहिरिएको छ ।
    पूर्व अर्थमन्त्री पाण्डेले चितवनको शक्तिखोरमा निर्माण गर्न लागिएको औद्योगिक क्षेत्रको काम छिटो भन्दा छिटो सुरु हुने विश्वास व्यक्त गरे । प्रतिनिधी सभा सदस्य कृष्णभक्त पोखरेलले अझै पनि एकले अर्काको बिरोध गर्ने संस्कृतिको अन्त्य नभएको भन्दै सृजनाको काममा सबै लाग्नु पर्नेमा जोड दिए । कृषि र पर्यटनलाई प्राथमिकता दिदैँ रत्ननगर उद्योग बाणिज्य संघले प्रत्येक दुई दुई वर्षमा महोत्सव गर्दै आएको छ । यस पटकको महोत्सवमा ५ लाख दर्शकले अवलोकन गर्ने तथा ५० करोड बरावरको आर्थिक कारोवार हुने अनुमान गरिएको रत्ननगर उद्योग बाणिज्य संघका अध्यक्ष एवंम् महोत्सवका संयोजक राजाराम रेग्मीले बताए ।


    उद्घादन कार्यक्रममा प्रदेश सांसद कृष्ण प्रसाद खनाल,पूर्व शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारी,नेपाली काग्रेश चितवनका सभापति जीत नारायण श्रेष्ठ, नेकपाका जिल्ला नेता तेजेन्द्र खड्का,रत्ननगर नगरपालिकाकी कार्यवहाक मेयर विमला दुवाडी, नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश ३ का अध्यक्ष दिनेश श्रेष्ठ,प्रदेश ३ को सामाजिक विकास मन्त्रालयका सचिव गोकर्णमणी दुवाडी, चितवन उद्योग वाणिज्य संघका अध्यक्ष सहनलाल प्रधान,रत्ननगर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अनिलकृष्ण श्रेष्ठ,महासचिव निराजन खनाल लगायतले मन्तव्य राखेका थिए ।


    यस पटकको महोत्सवलाई थप आर्क्षित गर्न महोत्सव परिसरमै जीप लाईनको व्यवस्था गरिएको छ भने पञ्चकन्या मध्यवर्ती सामुदायिक वनमा जीप सफारीको पनि व्यवस्था मिलाईएको छ । महोत्सवमा उद्योग, व्यापार, कृषि, पर्यटन, कला, सँस्कृति, बस्तु एवं सेवाका पाँच सय भन्दा बढी वटा स्टल रहने छन् । रत्ननगर महोत्सव अन्तर्गत पुस २९ देखि माघ ४ गतेसम्म रत्ननगरको टाँडी बजारमा चिकेन एण्ड एग फुड फेस्टिबल आयोजना हुने फेस्टिवलका संयोजक एवंम् आर्थिक समिति संयोजक ज्ञान बहादुर बिसुरालले बताए ।
    मासु र अण्डा खपत बढाउन विशेष परिकारसहित फुड फेस्टिबल आयोजना गर्न लागिएको विसुरालले जानकारी दिए । महोत्सव उद्घाटन अघि नेपाल माध्यमिक विद्यालयको चौरदेखी महोत्सवस्थल सम्म वृहत शोभा यात्रा निकालिईएको थियो ।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु