skip this
  • चितवन विशेष

    रंगशाला बनाउन एकै दिन ५ करोड उठ्यो, चितवनका टोल टोल बाट सहयोग आउदै ।

  • चितवन,माघ २३-

    चितवनको रामपुरमा निर्माणाधिन अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई सहयोग जुटाउन जारी धनधान्याचल महोत्सव आर्थिक सहयोग प्राप्त हुने क्रम बढ्दै गईरहेको छ । जारी महायज्ञमा आज (बिहिबार) मात्रै ५ करोड बढी रकम संकलन भएको मुल आयोजक समितिका संयोजक विजय सुवेदीले जानकारी दिए ।

    महोत्सवको पाँचौ आज सहयोग गर्ने दाताहरुको घुइँचो लागेको थियो । महोत्सवमा आज जिल्ला समन्वय समिति चितवनले २ करोड २२ लाख २२ हजार २ सय २२ रुपैंया सहयोग गरेको सुवेदीले जानकारी दिए । यस्तै चितवनको पोल्ट्री व्यवसायीहरुको तर्फबाट नेपाल पोल्ट्री महासंघका केन्द्रिय अध्यक्ष गुणचन्द्र बिष्टले एक करोड सहयोगको घोषणा गरेको उनले बताए । बिष्टले महायज्ञस्थलमा ५० लाख नगद दिएका छन् भने बाँकी रकम छिट्टै उपलब्ध गराउने बताएका छन् ।

    यस्तै चितवनका उद्योग संघले ६३ लाख ७७ हजार २ सय २२ रुपैँया सहयोग गरेको छ । संघका अध्यक्ष राजु पौडेलले उक्त सहयोग रकम महोत्सवमा हस्तान्तरण गरे । संघले यस अघी पनि १२ लाख सहयोग गरेको थियो । उता चितवनको माडी नगरपालिकाले महोत्सव मार्फत ३० लाख रंगशाला निर्माणका लागि सहयोग गरेको मुल आयोजक समितिका महासचिव दिनेश कुमार चुकेले जानकारी दिए ।

    यस्तै आज बिभिन्न संघ संस्था, आमा समुह, टोल सुधार समिति, सहकारी संस्था तथा व्यक्तीहरुले पनि सहयोग गरेका थिए । अन्य दिनको तुलनामा आज महोत्सवमा भक्तजनहरुको घुँइचो लागेको थियो । शुक्रबार सहयोगी दाताहरु बढ्ने मुल आयोजक समितिले जनाएको छ ।

    रंगशालालाई आर्थिक सहयोग जुटाउन माघ १९ गतेदेखी धनधान्याचल महोत्सव भईरहेको छ । महोत्सवमा पण्डित दिनवन्धु पोखरेल प्रमुख बाचकको रुपमा रहेका छन् । महोत्सव २६ गतेसम्म चल्नेछ । करिब ३ अर्ब लागतमा २ बर्ष भित्र सम्पन्न गर्ने योजनासहित चितवनको रामपुरमा ३० हजार दर्शक क्षमताको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण भईरहेको छ । समाचार सहयोग नारायणी अन्लाईन

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु