skip this
  • नेपाल सेरोफेरो

    कोरोनाभाइरसबाट ज्यान गुमाएकाहरूको सम्झनामा द्वीप प्रज्वलन, चिनियाँ राजदूतले भनिन्- यो क्षणले मुटु छोएको छ

  • हाल विश्वमा नै त्रास उत्पन्न गराइरहेको कोरोनाभाइरसका कारण ज्यान गुमाउनेहरुको सम्झनामा काठमाडौं द्वीप प्रज्वलन गरिएको छ।

    भाइरसबाट सबैभन्दा ठूलो क्षति बेहोरेको र सोसँग जुधिरहेको चीनको नेपालका लागि राजदुत होउ यान्छीको उपस्थिति सो कार्यक्रम गरिएको हो।

    राष्ट्रिय सभागृमा बुधबार आयोजित कार्यक्रममा कोरोनाभाइरसको संक्रमणबाट ज्याउने गुमाउनेहरूको सम्झना गरिनुकासाथै संक्रमणसँग जुधिरहेकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको थियो।

    ट्रान्स हिमालय डेभलपमेन्ट सेन्टर नेपालको आयोजनामा भएको यस कार्यक्रममा मन्त्री, पूर्व मन्त्री, कलाकार, पत्रकार, बिद्यार्थी तथा सर्वसाधारणहरूको उपस्थित थिए।

    कार्यक्रममा नेपाली समुदायले प्रकट गरेको यस सद्भावले आफ्नो मन छोएको राजदुत होउ यान्छीको बताइन्।

    ‘यो क्षणले मुटु छोएको छ। यस क्षणमा चीन एक्लै छैन। यो हामीलाई नेपाली दिदीबहिनी तथा दाजुभाइबाट प्राप्त समर्थन हो। धेरै धन्यवाद।’, उनले भनिन्।

    आफ्नो लिखित सम्बोधनमा चीन छिट्टै यस समस्याबाट उम्कने आशा व्यक्त गर्दै चीनले यसको रोकथामका लागि काम गरिरहेको र यसमा राष्ट्रपति सि जिङपिङ स्वयमले थुप्रै लिखित निर्देशन दिएको बताइन्।

    यसैगरी उनले चीनले यसका विरुद्ध विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार काम गर्न सकिरहेको बताउँदै चीनले यसबाट छुट्टै मुक्ति पाउने आशा व्यक्त गरिन।

    उनले कोरोनाभाइरस विरूद्ध चीनले जिम्मेवारपूर्ण कदम चालिररहेको बताइन्।

    ‘चीनबाहिर यसबाट संक्रमितहरू हुनेको संख्या ४०० मुनी छ जुन कुल संक्रमितको संख्याको १ प्रतिशत मात्र हो’, उनले भनिन् ‘यसको अर्थ चीनले सीमापार संक्रमणको फैलावटको रोकथाममा अपनाएको कदम प्रभावशाली र परिणाममूखी छ।’

    कार्यक्रममा पाठशाला नेपालका विद्यार्थीहरुले ‘तिमीलाई चोट लाग्दा हामी साथमा छौं’ बोलको गीत गाएका थिए। सो गीतलाई उनीहरुले नेपाली तथा चिनियाँ दुबै भाषामा गाएका थिए।

    यसैगरी कार्यक्रममा आइ छोइङले करूणा मन्त्र गाएकी थिइन भने कवि बलराम दाहालले ‘हामी साथमा छौं’ शीर्षकमा कविता सुनाएका थिए। यसैगरी हास्य कलाकार मनोज गजुरेलले हाल कोरोनाभाइरसको भन्दा पनि सामाजिक संजालमा यस सम्बन्धी फैलाइएको झूटो हल्लाले मानिसहरूलाई आतंकित पारिरहेको बताउँदै आधिकारिक सूचनाहरू लिन आग्रह गरेका थिए।

    यसका साथै राजधानीका विभिन्न विध्यालयका विद्यार्थीहरूले पेन्टिङमार्फत कोरोनाभाइरसलाई प्रस्तुत गरेका थिए।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु