skip this
  • चितवन विशेष

    एकताबद्ध हुदै रामपुर अनेरास्ववियू

  • जनयुद्ध दिवस फागुन १ गतेदेखि तनावग्रस्त बनेको बन तथा कृषि विज्ञान विश्वविद्यालय रामपुर बिस्तारै सामान्य बन्दै गएको छ।

    पुर्व अखिल(क्रान्तिकारी) र पुर्व अनेरास्ववियु का विच जनयुद्ध दिवस मनाउने क्रममा उत्पन्न विवाद र असमझदारीबाट सुरु भएको तनाव सांघातिक आक्रमण सम्म पुगेको थियो। घटना पछि दुवैतर्फका केही विधार्थीहरु प्रहरी द्वारा हिरासतमा समेत लिईएका छन ।

    आज विश्वविद्यालय प्रशाशनका तर्फबाट प्रशाशक बुध्दिराज ढुंगानाद्वारा हस्ताक्षरित सुचना जारी गरि दस दिनकालागी पठनपाठन लगायत सम्पुर्ण कामकारबाहीमा विदा गरिएको छ । यता साबिकका दुवै अखिलका अध्यक्ष हरुले संयुक्त विज्ञप्ति जारी गर्दै एकताबध्द अनेरास्ववियू निर्माणमा आफुहरु प्रतिबध्द रहेको जानकारी दिएका छन् । साबिक अखिल (क्रान्तिकारी) का अध्यक्ष विवेक पौडेल र साबिक अनेरास्ववियुका अध्यक्ष सन्तोष खतिवडा द्वारा हस्ताक्षरित विज्ञप्तिमा घाईतेहरुको सिघ्र स्वास्थलाभको कामना गर्दै, भावनात्मक रुपमा एकताबद्ध हुन मातहतका विधार्थीहरुलाई आव्हान तथा निर्देशित समेत गरिएको छ । यो संगै रामपुर अब सामान्य अवस्थामा फर्कने आंकलन गरिएको छ ।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु