skip this
  • फिचर

    शैक्षिक शुल्क असुल्ने कुरा मुख्य कि बिश्व स्वास्थ्य संगठनकाे चेतावनी मुख्य : रन्जित तमाङ

  • सत्तारुढ पार्टी नेकपाका विद्यार्थी संगठनका सहसह्म्योजक रन्जित तमाङले संसार भर कोरनाको महामारी फैलिएको समयमा नेपालमा भने शुल्क अशुल्ने को निमित्त बिद्यालय हरु सन्चालन गरिएको आरोप लगाएका छन । उनले आझ सामाजिक सन्जाल शैक्षिक सत्रकाे अन्तिम समयमा शुल्क असुल्ने कुरा मुख्य कि बिश्व स्वास्थ्य संगठनकाे चेतावनी मुख्य भनी प्रश्न गरेका छन । साथै उनले आन्तिममा सम्पूर्ण शैक्षिक सस्था हरु बन्द गर्न समेत आव्हान गरेका छन । उनको सामाजिक सन्जालको स्टाटस जस्ताको तस्तै

    एकातर्फ सरकारी घाेषणाले भेला नहुन उर्दी गर्ने अर्काे तर्फ सयाै -हजाराै बालबच्चा पढ्ने स्कुल-कलेज सुचारु गरिरहने भनेर अर्काे उर्दी गर्ने !
    पार्टीका सबै भेला – बैठक स्थगित गर्ने तर जनसंख्याकाे आधा हिस्सा जाे नियमित स्कुल- कलेजमा जमघट हुन्छ त्यसलाई संचालन गर्ने !!
    के ती शैक्षिक संस्थामा राज्यले सुरक्षा,सतर्कताका लागि आवश्यक सामग्री पठाएकाे,बाडेकाे छ ??
    भए बिबरण सार्वजानिक गरियाेस !!
    यसलाई सजकता मान्ने कि मजाक मान्ने ?
    कतिलाई लाग्दाे हाे याे कुनै बस्तु जस्ताे भन्सार – सिमाबाट हिड्दै आउछ ।त्यहा राेके भैहाल्छ ।
    तिनलाई कसैले भन्दिए हुन्थ्याे चिन संग सिमा नजाेडिएका देशमा एक्कासि देखा पर्याे र सयाै ज्यान लिदैछ, ईटली,ईरान,साउदि,काेरिया,जापान जस्ता देशमा ।
    महामारीले बिश्वभरि उग्ररुप लिएकाले केहि दिन शैक्षिक संस्था बिदा गर्नु नै हाम्राे हकमा सतर्कता अपनाउनु हाे ।
    किनकी जीवन रहे पढाई रहन्छ,जीवन नै नरहे पढाई के अर्थ ?
    कुनै घटना नभए ठिकै हाे तर ठुलाे परिणाममा महामारीका कारण घटना घट्याे भने त्यसकाे जिम्मा कसले लिने ??
    यसर्थ निजी शिक्षाका ब्यापारीका याेजनामा, शैक्षिक सत्रकाे याे अन्तिम समयमा बि्द्यार्थी – अबिभावक संग शुल्क असुल्ने कुरा मुख्य तर बिश्व स्वास्थ्य संगठनकाे चेतावनी गाैण कदापि हाेईन ।तसर्थ जाेखिम माेलेर शैक्षिक संस्था सुचारु गर्ने बदनियतपुर्ण कदम गलत छ भन्ने म ठान्छु ।
    सरकारले निजी शैक्षिक संस्थाकाे भाषा बाेल्नु हुदैन ।
    जनताकाे भाषा बाेल्नु पर्छ ।
    सरकारले हचुवाका तालमा हाेईन तथ्यका आधारमा बाेलाेस !

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु