skip this
  • फिचर

    बिस हजार जेसिस द्वारा सचेतना कार्यक्रम सन्चालन

  • चितवन, चैत ५–

    विश्वभर कोराना भाइरस (कोभिड–१९) ले आतंक मच्चाएपछि त्यसबाट बच्नका लागि चितवनमा सावधानी अपनाउन थालिएको छ । बीस हजार जेसीज भरतपुरले आज (बुधबार) भरतपुरमा कोरोनाबाट बच्न सचेतना मुलक कार्यक्रम गरेको छ ।

    बीस हजार जेसीजले अपरान्ह भरतपुरस्थित चौविसकोठीमा आसपासमा चल्ने सवारी साधनमा कोरोना भाइरसबाट बच्ने उपाय उल्लेखीत पोस्टर टाँसेको छ । यस्तै सार्वजनिक स्थानहरुमा जनचेतनामुलक व्यानरहरु समेत टाँसिएको बीस हजार जेसीजका कार्यकारी उपाध्यक्ष राजेश भुषालले जानकारी दिए ।

    यस्तै चौविसकोठीमै रहेको सार्वजनिक शौचालमा हातधुने साबुल र सेनेटाइजर राखिएको भुषालले बताए । जेसी अरुणेश्वर खनालको प्रमुख आतिथ्यता एवंम बीस हजार जेसीजका अध्यक्ष रेशमराज शर्माको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रम संयोजक सुजन दाहाल, ट्राफिक प्रहरीलगायतको उपस्थिति रहेको थियो ।

    पोस्तर टास्दै बिश हजार जेसिसका उपादक्ष राजेश भुशाल
    बिश हजार जेसिसका अभियान्ता हरु

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु