skip this
  • नेपाल सेरोफेरो

    पश्चिम बाग्लुङ, ताराखोला गाउँपालिकामा राहत वितरण

  • विश्वव्यापी महामारी कोरोनाका कारण १ महिनादेखि नेपाली जनता लकडाउनमा छन् । लकडाउनका कारण देशभरका गरिखाने, हुँदा खाने वर्ग समस्यामा छन् ।सरकारले ८० करोडको राहत बाँडिसकेको दावी गरेपनि भोका मजदुरहरु शहरमा बस्न नसकेरै सयौ किलोमिटर पैदलै गाउँ फर्केका छन् ।

    पश्चिम बाग्लुङ्, ताराखोला गाउँपालिका जहाँ अधिकांश युवाहरु विदेश पलायन भएका छन् भने केही पढाईको सिलसीलामा शहरमा बस्दै आएका छन् ।सांच्चिनै भन्नि हो भने गाँउ युवा विहीन भएको छ। तर एक युवा जसले गांउका सबै जनताको मन जितेका छन्, समाज सेवामा लिप्त छन। जो हुन दिवश खत्रि ।  उनि एक्लै छन गाउंमा समाजसेवा गरेररै आन्नद अनुभूत गर्छन्। गाउंमा मर्दा, पर्दा दिन दुखीको साहारा बनेका छन्  ।

    उनि नेकपाको स्थानीय युवा नेता पनि हुन् ।नेकपाको सरकार भएको बेला आफ्नो गाउ ठाउलाई आफ्नै पालामा समृद्ध बनाउने उनको सपना छ । यिनलाई शक्ति, सहर,पहुँच र धन कुनै कुराको मतलब  छैन । एक घण्टा नै किन नहोस् जनताको बीचमा रमाउँदा खुसी लाग्ने बताउँछन्।

    यतिवेला  कोराना भाईरस संक्रमण त्रासका कारण बिहान–बेलुकी छाक टार्न गार्हो परेका गाउँका दर्जनौ परिवारलाई यिनले राहत बाँडीरहेका छन् । ताराखोलागाउँपालिकामा समस्यामा परेका बिपन्न, गरिब, एकल महिला, अपांगता भएका ब्यक्ति लक्षित परिवारलाई चामल, चिनी, लुगा धुने, नुहाउने साबुन, खाने तेल, नुन वितरण  गरीरहेका छन् ।

    रोगले भन्दापनि भोकले जनता नमरून भनेर आफै चामलका बोरा बोकेर जनताको घरदैलोमा पुगेको उनि बताउछन् । 

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु