skip this
  • चितवन विशेष

    नेपालको अन्लाईन कक्षा: आकाशको फल आँखा तरि मर भने जस्तो भाको छ ।

  • सुशील कोईराला,सप्तगण्डकी ब.क्याम्पस बि.ए तेस्रो वर्ष अध्ययनरत विधार्थी।

    हाल विश्वनै Covid-19(corona virus)को महामारीले विश्वको आर्थिक,शैक्षिक र स्वास्थ्यमा ठूलो असर परेको छ।नेपालमा पनि यसको असर परेकोले ठुलो समस्या बेहोर्नु परेको छ।
    आर्थिक र स्वास्थ्य संगसंगै शिक्षा पनि मानवको अति आवश्यक वस्तु हो।नेपाको शिक्षाको सन्दर्भको कुरा गर्दा हाल (T.U)ले अन्लाईन कक्षा सन्चालन गरेको हुँदा कसैलाई लाखा र कसैलाई पाखा गरेर यो कक्षा सन्चालन गरेको देखिन्छ।
    हाम्रो सप्तगण्डकी ब.क्याम्पसमा पनि अनलाईन कक्षा संचालन गरि विधार्थीहरुलाई ईन्टरनेट माध्यमबाट पढाउने सुचना प्रकाशित भएपछी यसमा म कधापी सहमती छैन,हाम्रो यश कलेजमा ८०% भन्दा बढी विधार्थीहरु ग्रामीण श्रेत्रहरुबाट शहरमा आएर कोठा भाडामा बसेर पढेका हुन्छन् ।कोरोनाको त्रास संगै प्रायजसो विधार्थीहरु यति बेला लकडाउनको पालना गरि आफ्नै गाउँ घरमा बसेका हुन्छन् ।
    ग्रामीण श्रेत्रका विधार्थीहरुलाई अनलाईनको कक्षा सम्भावना नै छैन।यहाँ मोबाइल चलाउनेहरु सबैले ईन्टरनेट चल्ने मोबाइल बोकेका हुदैनन् र बोक्न सकेका नि हुदैनन्।बिहानी बेलुकी छाक कसरी काट्ने सकिन्छ भनेर गाह्रो हुनेहरुलाई अनलाईन कक्षा आकाशको फल अँाखा तरि मर भने उखान जस्तो हुन्छ।
    शहरी श्रेत्रको कुरा गरुम यहाँ कोहि-कोहि संग ईन्टरनेटको व्यवस्था नहोला तर हुनेहरुको ईन्टरनेट पेनिट्रेशन दर नै कति नै छ र? एउटा लुडो नि राम्रो संग खेल्न गाह्रो हुने ईन्टरनेटमा अनलाईन कक्षा कुनै पनि हालतमा संभावना देखिन्न।
    हाम्रो क्याम्पसमा पढ्ने सबैको घर र त्यहाँको गाउँमा ईन्टरनेट पुगेको हुन् र कसैको त ईन्टरनेट राख्ने पहुँच नि भाको हुन् ।खै त्यता तिर सोचेको क्याम्पस (T.U)प्रमुखहरु र क्याम्पस प्रमुखले।विधार्थीहरुको भविष्यको मध्यनजर गर्दै यो शैक्षिक व्यवस्था कधापी उपयुक्त हुने छैन।(T.U) प्रमुखहरु र क्याम्पस प्रशासनले यस्तो विपतको समयमा अनलाईन कक्षा बाहेक विधार्थिको पठनपाठनलाई अघि बढाउने हिसाबले अरु कुनै विकल्प सोच्नु पर्ने देखेको छु। धन्यवाद

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु