skip this
  • चितवन विशेष

    म विद्यार्थी हैन र ?


  • पढ्न नपायेर तेसै त चिन्तित थिय म। अब त झन त्यो राम,हरि,अनि सीता लेत अनलाइनमा पढिराछ्न रे
    तिनीहरु त बजार बस्छ्न तिन्का बुबा आमा त धनी छ्न अनि घरमा पनि नेट छ।अनि म येहा गाउबाट उता शहर गयर भाडामा बस्या हो।अहिले त घर आय हाम्रो घरमा त नेट त के टिपनु फोन मा बोल्न नि टावर आउदैन। तेस्माथी येता त रिचार्ज कार्ड नि पाइन्न नी
    पाइयपनी कलेजमा सब पैसा तिर्देर आको अहिले त पैसै छैन ।जागिर गरेर पढ्थे अनि अहिले त जागिर नि गर्न पाइयेन बुबा आमाले त खेती किसानी गर्नु हुन्छ भख्खरै का बाट वाइफाइ हाल्दिनुस भन्न नि सक्दिन।

              अनि पढाइ छाड्न पनि मन लाग्दैन फेरि मैले त यो कुरा नि पल्ल घर्को साथी ले भनेर थाहा पाको कलेजले नि नेट मा हाल्या थ्यो रे खै केही सुचना भय फोन गर्छौ भन्थे पहिले त कुन्नी मेरो मा मात्र फोन नलागेको होकि? म बिद्यार्थी हैन कि? मलाइ त कसैले सोद्दा नि सोदेन्नन मेरो भविस्य को फैसाला भयछ मेरो सल्लाह सुझाव बिनान?खै बिद्यार्थी को भविस्यलाई लक्ष्यित गर्दै लियको भन्ने सुनेर मात्र गुनासो गरेको हो खै फेरि गतिलो गर्दा कुरा काटे भन्न नि भ्याउछ्न येहा त मैले कसैको कुरा काट्या हैन हगि मैले त केवल आफ्नो पढाइ को बारेमा सोध्न खोज्या गुनासो गर्न खोज्या हो का जाम कस्को घर जाम? पढन का लागि के गरुम? येस्को जवाफ खोजेको हो।
                              म मात्र हैन म जस्ता तमाम अरु विद्यार्थीहरुको पनि प्रशन येहि हो।हामिलाइ सल्लाहा नगरिकन कसरी लियियो येत्रो निर्णय ?सरासर धनी र गरिब भनी छुट्याउन खोजेजस्तो भयो नि। मनि त विद्यार्थी हु मेरो हक हो नि? आफ्नो भविस्य को बारेमा जान्न पाउनु,तेसैले मेरो भनाइ येत्ती हो कि अनलाइन कलास रोक्न परेन तर मलाइ पनि पढ्ने वातावरण मिलाइदिन पर्‍यो मलाइ मात्र हैन ती सबै विद्यार्थीलाई जस्को पढाइ प्रती लगाव छ।
       परिवेश चापागाइ(मुन्छे)

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु