skip this
  • फिचर

    सरकारको काण्डै काण्डैको बिच बिश्वबिधालयको हास्यास्पद निर्णय

  • सुदिप पौडेल

    इस्बि सम्बत 2019 डिसेम्बर को अन्तिम तिर जनबादी गणतन्त्र चीन को बुहान शहर बाट कोरोना भाइरस को संक्रमण सुरु भै हाल बिस्व को210 देश हरु मा प्रभावित भै झन्डै 32 लाख संक्रमीत र 2 लाख 15 हजार भन्दा बढी को दु:खद निदन भै सकेको छ !

    यस महामारी को समयमा नेपाल सरकार ले गत बर्ष चैत 11 गते बाट हाल सम्म लकडाउन को घोषणा गरिरहेको छ ! लकडाउन बाट सम्पुर्ण क्षेत्र प्रभावित हुँदै गर्दा शैक्षिक सस्था हरु पनि प्रभावित नहुने कुरै भएन !नेपाल को भूगोल आर्थिक अवस्था सामाजिक पक्ष संचार को सुबिधा आदि लाई बेवास्ता गर्दै त्रिभुवन बिश्वबिद्धालय ले जुन किसिमको रबैया देखाएको छ त्यो निन्दनीय छ ! त्रि बि ले बारम्बार उसका आङगिक र सम्बन्धन प्राप्त क्याम्पस हरु लाई प्रबिधी बाट कक्षा संचालन गर्नजुन किसिमको दवाव दिई रहेको छ,हामी त्यसको बिरोध गरौ ! संकटको बेला सस्तो लोकपि्रयता देखाउने सबालमा त्रि बि ले बर्तमान सामाजिक दलाल फासिबादी ओलि सरकार लाई पनि पछाडी पार्यो !

    कसरी भयो त यो सस्तो लोकप्रियता उदाहरण लाई हेर्ने हो भने चितवन जिल्ला भित्र रहेका आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पस हरु बिरेन्द्र , सप्तगण्डकि, बालकुमारि,मैयादेबी , सहिद स्मृति, भुवानीशंकर ,जनआदर्श , माडी क्याम्पस आदि रहेका छन ! सप्तगण्डकि क्याम्पस मा नेपाल का धेरै जिल्ला बाट विद्यार्थी हरु ले प्रतिनिधित्व गर्ने गरेका छन ! बिस्वमा महामारी को रुपलिदै गरेको भाइरस (कोभिड १९) बाट बच्न नेपाल सरकार ले पनि लकडाउन गर्ने कुरा थाहा भै सके पछि अधिकाश विद्यार्थी हरु आ आफ्नो घर गै सके पश्चिम् नेपाल का जिल्ला हरु छोडै यहि जिल्ला नजिक नजिक का जिल्ला हरु नवलपुर , परासी , तनहुँ , धादिङ , गोर्खा , लमजुङ जिल्ला मा सप्तगण्डकि को छाप भनौ वा प्रभाव राम्रो छ ! अब त्रि बि ले भने अनुसार अनलाइन कक्षा लिन ती क्षेत्र का विद्यार्थी हरु का लागि संभावना होला त त्यहा को जनता को आर्थिक स्थिति कस्तो छ त दैनिक १०० /२०० खर्च गरेर डाटा बाट अनलाइन आइ पढ्न सक्ने अबस्था होला त सबै को घरमा ईन्टरनेट त पक्कै छैन ! सहर मा त लकडाउन ले रिचार्ज काड को अभाव छ भने पहाड तिर लकडाउन ले गर्दा प्राप्त मात्रा मा रिचार्ज कार्ड उपलब्धि होला त ? त्यो बुझ्नु पर्दैन त्रि बि ले ? ती क्षेत्र मा संचार को पहुँच बाट विद्यार्थी नजिक छन वा छैनन् भन्ने कुरा को जानकारी हुनु पर्दैन ! सप्तगण्डकी त एउटा उदाहरण हो !

    बर्तमान सरकार काण्डै काण्ड मच्चाउन सफल भएको कुरा त्रि बि का साढे हरु लाई थाहा छैन कि कसो ! प्रबिधि बाट अध्ययन गर्ने भन्ने जुन कुरा आयो त्यो बारे मैले साढे हरु एउटा काण्ड सम्झाउन चाहान्छु ! नेपाल भरी गुणस्तरीय रुपमा संचार को पहुँच पुर्याउने भनी सबै ठाउमा 4G सेवा दिने भनेको भए पनि सरकार भित्र रहेका लुटेरा , भस्टचारि हरु ले आर्थिक अनियमितता गरेको कुरा अवगत गराउन चाहान्छु ! नाजुक रहेको संचार क्षेत्र थाहा हुदा हुँदै त्रि बि ले अनलाइन कक्षा संचालन को जुन हर्कत गरेको छ त्यो हास्यास्पद छ !

    (सुदिप पौडेल बिप्लप निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) चितवन जिल्लाका नेता हुन)

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु