skip this
  • नेपाल सेरोफेरो

    छारुङ चेक पोस्ट ? जनता झुक्याउने खेल मात्र

  • काठमाडौ,सुसन चितवने कोरोना संकटको बिच नेपाल र नेपाली जनता एक खाले सकसमा फसेका छन । एका तिर बिश्व मानव सभ्यता माथी नै प्रहार हुने किसिमले कोराना(covid 19) को आतंक अर्को तर्फ बिश्व शक्ति सन्तुलनमा देखा पर्दै गएको फेरबदल । यहि फेरबदलको बिच बिश्व शक्ति सन्तुलनमा एक खाले बहस सुरु हुन थालेको छ ” के अब साच्चै विश्व जलबायु हतियार (biological weapon ) को युद्धमा फसेको हो ?” कोराना लाई एक थरीले यसरी बुझ्न थालेका छन ।

    यसै बिचमा नेपाल भने अस्वभाविक रुपले बिस्तारवादी भारतीय ज्यादतीको सामाना गर्नु परिरहेको छ । समग्र बिस्वलाइ अंग्रेज़ हरुले आफ्नो बुटले किल्चिएको १८ औं शताब्दीमा त डटेर सामना गरेको नेपाल ले आज सयौं बर्ष त्यही अंग्रेज़ हरुको शोषण र दमन बाट पिल्सिएको भारतले नेपाल माथी कयौं पटक कयौं स्थानमा आफू बिस्तारवादी रहेको प्रमाणित गर्दै आएको छ , बिडम्बना यसको नेपालले जमेर प्रतिरोध गरेको कहि पाइदैन । संसार जितेको अंग्रेज़ला नेपालको नदिमा गाडेको र काटेको इतिहास बोकेको नेपाल यतिबेला सम्पुर्ण देशबासी र अन्तर्राष्ट्रिय प्रामाणहरु नेपालको पक्षमा हुँदापनि निरही बन्न परेको छ ।

    भारतीय सरकारले पटक पटक नेपाली सिमानामा गरेको ज्यादतीको नेपाली हरुले सडकमा जमेर बिरोध गरेका छन तर नेपाल राज्य चलाउने जिम्मेवारी पाएको सरकारले भने सामान्य पहलकदमी पनि गर्न सकेको छैन । उल्टै जनता झुक्याउने र सिमा बचाउ आन्दोलन लाई मत्थर पार्ने अनेकन उपाए खोज्नमा ब्यस्त छन ।

    कोरानाको आतंकको बिच भारतीय पक्षले एकलौटी ढंगलेले नेपालको सिमा क्षेत्र लिम्पियाधुरा बाट कयौं किमि भित्र पर्ने लिपुलेकमा सडक निर्माण गरि गौरव पुर्ण तरिकाले उद्घाटन गरि पुन एक पटक बिस्तारवादी र साम्राज्यवादी हर्कत पुनरावृत्ति गराएको छ । यतिबेला सारा प्रमाण हरुले लिम्पियाधुरा नै वास्तविक काली नदिको मुहान हो र उक्त मुहान नै आधुनिक नेपालको सिमा क्षेत्रको प्रारम्भिक बिन्दु हो भनी रहदा भारतीय पक्षले सिमा क्षेत्रको प्रारम्भिक बिन्दु बाट करिब ९५ किलोमीटर नेपाल भुमि तर्फ आएर सडक उद्घाटन गरेको छ । जुन सडकले चीन संग ब्यापारीक देखि धार्मिक सम्बन्ध कायम गर्न सक्दछ । १९६२ को चाइना भारतको युद्धमा भारतीय सेना पराजित भए पश्चात चिनिया सेना लाई रोक्न नेपालको भुमी कालापानीमा भारतीय सेना क्याम्प खडा गरेर बसे देखि नै भारतीय हरुको महत्वाकांक्ष बढेको पाइन्छ । तत्कालीन राजाले आफ्नो शासन ब्यब्स्था टिकाइराख्न कालापानीमा भारतीय सेना बसेको बिसयमा उदार भाव प्रकट गरेका कारणले पनि अहिले यो समस्या निम्म्तिएको इतिहास बिद हरु बताउछन ।

    त्यसै गरि अहिले पनि आफ्नो सत्ता र शक्ति लाई टिकाइराख्न राज्यले सिमा समस्या लाई हल्का रुपमा लिएको आरोप लागेको छ । जुन कुराको पुष्टि अहिले नेपाल सरकारले नेपाली सिमा भन्दा १२ किमि भित्र र लिम्पियाधुरा भन्दा करिब ६५ किलोमीटर टाढा छारुङमा पहिल्य नै प्रहरीको चेक पोस्ट रहेको स्थानमा सिमा सुरक्षा बाल शसस्त्रको (BOP ) स्थापना गरेर गरेको छ ।

    जुन कुराको पुष्टि तलको बुदा ले गर्दछ ।

    • पहिला देखि नै यो छारुङमा नेपाल प्रहरी बस्दै आएको छ र अझै सात जना थपेको छ , अहिले शसस्त्र त्यही बस्न गएको हो ।
    • यो क्षेत्र भारतले अतिक्रमण गरेका कालापानीभन्दा २५ किलोमिटर नेपाल भित्रर रहेको छ , जुन नेपाल भारतकाे सिमा विन्दु लिम्पियाधुरा भन्दा ९५ किलोमिटर टााढा रहेेेको छ ।

    छारुङमा BOP राख्ने सरकारको पुरानै नितिगत निर्णय हो , मौसम प्रतिकुलताको कारण देखाउदै सशस्त्र प्रहरी त्यहाँ गएको थिएन ,र अहिले जनता र मिडियालाई मत्थर पार्न चेक पोस्ट स्थापना गरि प्रायोजित उत्सब मनाउन थालिएको छ ।
    • छाङरुमा बन्न लागेको बोर्डर आउट पोष्ट-बिओपीले लिपुलेक-कालापानी क्षेत्रमा पर्ने नेपाल-भारत सीमाको रेखदेख गर्ने भनिएको छ , अतिक्रमीत भुमि भन्दा २५ कि.मि. तल कस्तो सिमा सुरक्षा हुन्छ ? अझ सिमा बिन्दु बाट त ९५ किमि टाढा ।
    •जनपद प्रहरी त्यहाँ बस्दै आएको थियो तर हाल सशस्त्र प्रहरी त्यहाँ बस्ने कुरा सकारात्मक र नकारात्मक दुवै हुन्छ- सकारात्मक यो ढंग बाट हुन्छ कि अहिलेसम्म सम्म त्यहाँ सशस्त्र प्रहरी को पोष्ट थिएन बन्यो राम्रो र सकारात्मक पहलको रुपमा लिन सकिन्छ ,
    नकारात्मक यो ढङ्ग बाट कि सिमा (अतिक्रमीत भुमि) भन्दा २५ कि.मि. तल सिमा को सुरक्षाका लागि विओपी बनाउने कुरा भविष्यमा जाँदै हानिकारक हुन सक्छ। यसो नहोस कि केहि दिन पछि नेपाली सिमा त तल छाङरु सम्म मात्रै रहेछ भनेर छाङ्गरुको अलि माथी नेपाली विओपी ( बोर्डर आउट पोष्ट) को केही दुरीमा भारतीय सेनाको पोष्ट खडा गरेर छाङ्गरु लाई नै मुख्य सिमाको नाका बनाउने तिर चिज अगाडी नबढोस।

    यसकारण यो एउटा जनता र मिडियाको अँखामा छारो हाल्ने काम मात्र रहेको छ । अहिले खासमा नेपाली सेना लाई कालापानी छेउ आमने सामाने हुने गरि मार्च पास गरौउने र करिब 500 को संख्यामा एउटा शक्तिशाली क्याम्प खडा गर्ने गरि सरकार अघि बड्नु पर्छ जसले मात्र भारत सरकार बार्तामा आउँछ र यो एउटा अन्तर्राष्ट्रिय मुद्दा बन्न पुग्छ । लिपुलेकमा बन्दै गरेको सडक नेपाल ले कब्जा गर्नु पर्दछ । अहिले सिमाना भन्द धेरै भित्र नेपालमा नै सशस्त्र गयो भनेर खुशी मानाउने समय हैन ठोस एक्सन लिइ नतिजा निकाल्ने समय हो । स्मरण रहोस भारतको अहिले साउथ एसियामा नेपाल र भुटान मात्र असल मित्र हुन । यसकारण पनि भारत हामी सङ युद्ध चाहैदैन तर यो होइन कि लाटा लाई पापा दिए जसरी पनि हाम्रो भुमी फिर्ता दिदैन ।

    (यो लेखमा यी बुध्दा सामाजिक संजाल मार्फत birendra sha ले पोस्ट गर्नु भएको टिप्पणी लाई पनि श्रोत बनाइएको छ )

    अहिले आन्दोलन कसरी गर्ने ?केहि सिकौ भेडापतिं नगरौ ।
    महामारी बाट आँफु पनि बचाैँ अरुलाइ पनि बचाँउ ।

    १)सामाजिक संजालमा आफ्नो धारणा #GoBackIndia लेखेर पोस्ट गरौ ।
    २)भिभिन्न समाचार तथ्यगत सामग्री समाजिक संजाल #Twiter #Google #facebook हरुमामा पोस्ट गरौ ।
    ३)भारतीय रबैया लाई अन्तर्राष्ट्रियकरण गर्न बिशेष गरि भारतीय मिडियाको Online सस्करणमा गै #GoBackIndia सहित सकभर हिन्दी भाषामा भारतीय सरकारको विरुद्ध प्रतिक्रिया जनाउ ।
    ४)भारतीय प्रधानमन्त्री, रास्ट्रपति , बिदेश मन्त्री , गृहमन्त्रीको सामाजिक संजाल खोजी लिम्पियाधुरा सहित आफ्नो प्रतिक्रिया #Comment पोस्ट गरौ ।
    ५)सामाजिक संजालमा सुगौली सन्धि अघिको #GreaterNepal को नक्सा पोस्ट गरौ ।
    ६)धेरै भन्दा धेरै भारतीय लेखक, नेता, र सामाजिक अभियान्ता हरुलाई सुगौली सन्धिको आधीकारिक तथ्य #Internet मा खोजी गरि उक्त सामाग्री #Message पठाउ ।
    पुनश्च : सडकमा भिडभाड गरेर मात्र सिमा समस्या सामधान हुदैन ।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु