skip this
  • चितवन विशेष

    चितवनको कालिका नगरपालिकामा यसै बर्ष देखि औद्योगिक क्षेत्र निर्माण थालिने

  • चितवन, जेठ २–

    सरकारले चितवनको कालिका नगरपालिकामा पर्ने जुटपानी शक्तिखोरमा औद्योगिक क्षेत्र निर्माणका लागि यस बर्ष देखि आवश्यक पूर्वाधार निर्माण गर्ने जनाएको छ ।

    सरकारको तर्फबाट नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न जिल्लामा सहित चितवनको शक्तिखोरमा औद्योगिक क्षेत्र निर्माणका लागि आवश्यक पूर्वाधार निर्माण गर्ने बताएकी छिन् ।

    बागमती प्रदेशको मुख्य औधोगिक क्षेत्र निर्माण चितवनको कालिका नगरपालिकामा पर्ने जुट्पानी शक्तिखोर क्षेत्रको जनमुक्ति सेनाको शिबिर रहेको स्थानमा गरिने निर्णय प्रचण्ड दोश्रोपटक प्रधानमन्त्री भए पश्चात् गरिएको थियो ।

    जनमुक्ति सेना बसेको करिब 1600 बिगाहामा उक्त औधोगिक क्षेत्र निर्माण गरिने छ ।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु