skip this
  • चितवन विशेष

    देवघाटका होटल वाला हरु को अटेरी पना लकडाउन को समेत छैन पालना,टोल विकास संस्था को पत्र समेत भयो फितलो

  • चितवन/ भरतपुर / हाल कोभिड १९ का कारण विश्व त्रसित बनिरहेको छ बन्दाबन्दी ( लकडाउन ) निरन्तर चलीरहेको छ जिल्ला प्रशासन कार्योलय चितवन ले पनि बन्दाबन्दी लाई थप व्यवस्थित बनाउन पत्राचार मार्फत सुचना सम्प्रेषण गरिरहेको छ सोही सुचना मा उल्लेख छ खाद्यान्न , औषधि पसल , डेरि र ठेला गाडा मा वा साइकल मा तरकारी बेच्ने पसल हरु मात्र खोल्न पाइने तर त्यो पनि १० देखि ४ बजे सम्म मात्र तर देवघाट चितवन मा भने प्रशासन को यो नियम पटक पटक अटेर गरेको पाइएको छ दाह – स्थल को रुपमा रहेको देवघाट धाम मा बन्दाबन्दी ( लकडाउन) को समय र कोरोना को त्रास को बेला पनि दिनहु कम्तीमा पनि ३ देखि ४ वटा लास आउने गर्छन कहिले बुटवल त कैले भैरहवा इत्यादि कहिले त सिल भएको वडा हरु देखि पनि लास दाहसस्कार को लागि ल्याइने गरिएको छ जसमा फेरि मलामी को संख्या पनि अधिकतम रहेको पाइन्छ यस्तो त्रसित स्थान हरु देखि पनि लास आइरहेको बेला देवघाट का केहि जेरि पुरी बनाउने होटल हरु ले भने पटक पटक मलामी हरु लाई जेरि पुरी बनाएर खुवाउने प्रचलन भने यो महामारी को समय मा समेत हट्न सकेन देवघाट क्षेत्र विकास समिति ले होटल वाला लाई पटक पटक आग्रह गरिरहेको तर पनि अटेर गरे पछि देवघाट टोल विकास सस्था ले समेत बन्दाबन्दी को समय मा लागू हुने तरिकाले नीति नियम सहित आधिकारिक सुचना सम्प्रेषण गरेको थियो जसलाई पनि होटल वाला ले अटेर गरेको टोल विकास का अध्यक्ष मुकुन्द शरण सिग्देल ले बताएका छ्न अटेर गरेपनि हाल लाई कुनै कारबाही गर्न नसक्ने तर फेरि पनि आग्रह गर्ने उनको भनाइ छ समाज लाई नै यस्तो कार्य ले पटक पटक त्रसित बनाइ रहेको ले र टोल विकास समेत फितलो रहेको ले अब देवघाट क्षेत्र विकास समिती वा दाहसस्कार व्यवस्थापन समिती नै कडा रुपमा उत्रनु पर्ने स्थानीय व्यक्ती हरु को भनाइ रहेको छ दिनहुँ १०० बढि सन्क्र्मित देश मा बढी रहेका छ्न त्यही माथी देश का फरक जिल्ला हरु बाट र फरक स्थान हरु बाट पनि शव आउने गर्दछ्न त्यसै माथी स्थानीय व्यक्ति हरु नै अटेर र लापरबाही गर्ने हो भने महामारी देवघाट क्षेत्र मा छिर्न समय नलाग्ने स्थानीय व्यक्ति दिपक पोख्रेल ले बताएका छ्न त्यही माथी शव यात्रु हरु देवघाट बस्ती घुम्ने गर्छ्न तर पनि अस्थायी प्रहरी पोस्ट देवघाट समेत किन मौन छ ?

    टोल विकास ले जारी गरेको फितलो सुचना

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु