
अाफ्नै स्कुल बसकाे ठक्कर द्धारा विधार्थीकाे मृत्यु


चितवन, भरतपुर
चितवनमा स्कूल बसबाट उछिट्टिएर एक बालिकाको ज्यान गएको छ ।भरतपुर महानगरपालिका–१४ स्थित भावना चोकमा सनलाईट इङलिस स्कूलको बसबाट उछिट्टिएर भरतपुर–२१ पार्वतीपुर निवासी अन्दाजी ५ वर्षीया बालिका सम्झना मिजारको मृत्यु भएको चितवन प्रहरीले जनाएको छ । स्कूलबाट विद्यार्थीहरुलाई घर छोड्न हिड्दा अपरान्ह ४ः४० बजे सो दुर्घटना भएको हो । घाईते बालिकालाई अस्पताल लैजादै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।
सन लाइट बाेर्डिङ स्कुल पार्बतीपुरकाे अाफ्नै बस द्धारा एक विधार्थीकाे मृत्यु भएकाे छ । सन लाइट बाेर्डिङ स्कुलका प्रिन्सिपल मिन घलान लार्इ सम्पर्क गर्दा अाँफु प्रहरी कार्यलयमा रहेकाे जानकारी गराउनु भएकाे छ । स्कुल बुसकाे ठक्कर द्धारा मृत्यु हुनेमा बालिका सम्झना मिजार रहेकी प्रिन्सिपल मिन घलानले जानकारी गराउनु भयाे । उनलार्इ अाफ्नै स्कुल बसले ठक्कर दिएकाे हाे । थप विवरण अाउन वाकी रहेकाे छ । यता प्रहरीकाे कन्ट्राेल रूममा बुझ्दा कुनै रिपाेर्ट नपरेकाे तर पिन्सिपल हरू भाेली बिहान अाउने भनि गएकाे जानकारी अाएकाे छ ।


