skip this
  • फिचर

    कृषि तथा वन विश्वविधालय रामपुरको प्रध्यापक लाई कालोमसो

  • कृषि तथा वन विश्वविधालय रामपुरको प्रध्यापक लाई कालोमसो दलिएको छ्  ।  आज डिन क्रायलयमा विद्यार्थी संगठनहरु संग छलफल गर्दै गर्दा कालोमोसो दलिएको प्रहरीले जनाएको छ् ।

    कालोमसो रामपुर कृषि तथा वन विज्ञान विश्वविद्यालयका कृषि संकायका प्रशासनिक सहायक डिन तथा प्राध्यापक विष्णुराज ओझामाथि विद्यार्थीले कालोमोसो र जुत्ताको माला लगाएका छन् ।

    ३० दिनमा सकाउनुपर्ने कोष चार दिन २\२ घण्टाका दरले ८ लेक्चरमा सकाएको र छैटौं सत्रान्तको तीन वटा सेक्सनका १६५ विद्यार्थीलाई एउटै सेक्सनमा राखेर झारा टारेर कोर्ष सकाउने काम गरेको भन्दै विद्यार्थीहरुले ओझामाथि कालोमोसो दल्नु परेकोे बताए ।

    विगत कयौं वर्षदेखि ओझाले विद्यार्थीको भविष्यमाथि खेलवाड गरी यसरी नै कक्षा चलाउँदै आएको र विरोध गर्ने कोही निस्के उसको प्राकिटकल नम्बरनै कम दिएर दुःख दिने गरेको विद्यार्थीको आरोप छ । यस पटक पनि उनको शिक्षण सिकाइ क्रियाकलापको विरोध गरेका चौथो समेस्टरका चार जना विद्यार्थीको नम्बर निकै कम दिएपछि विद्यार्थीहरु थप आन्दोलित बनेको र प्रशासनलाई ओेझाको पवृत्तिका बारेमा ध्यानाकर्षण गराउँदा पनि कुनै सुनुवाइ नभएपछि विद्यार्थी आफैले कारबाही गर्नु परेको विश्वविद्यालय बिद्यार्थी नेता बामदेव रेग्मीले बताए ।

    एउटा प्राध्यापकको भन्दा पनि विश्वविद्यालयका समग्र प्राध्यापकको प्रवृत्तिका विरुद्ध आफूहरु रहेको नेता रेग्मीको भनाइ छ । यो विषयमा बुझ्न प्राध्यापक ओझालाई फोन गर्दा उनको फोन अफ गरिएको छ ।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु