सुन्दर संगम युवा क्लबकाे दशै कप नक आउट फुटबल प्रतियोगिता उद्घाटन कार्यक्रम सम्पन्न
सुन्दर संगम युवा क्लब को आयोजनामा दशै कप नक आउट फुटबल प्रतियोगिता २०७६ को उद्घाटन कार्यक्रम सम्पन्न भएकाे छ ।
कार्यक्रम को सभापती खेल संयोजक उत्तम आचार्यले गरेका थिए संचालक खेल सचिब गणेश अधिकारिले गरेका थियए भने स्वागत मन्तब्य क्लबका अध्यक्ष लछुराम बिश्वकर्माले गरेका थिए । शुभकामना मन्तब्य प्रमुख अतिथी रामलाल महतो विशिष्ट अतिथिहरु ओम प्रसाद पोख्रेल र खेमलाल भट्टले खेलाडिहरुलाई उत्कृष्ट खेल प्रदर्शन गर्न शुभकामना दिनु भएको थियो ।
उद्घाटन कार्यक्रममा माननीय प्रदेश सदस्य रामलाल महतो ज्यु को प्रमुख अतिथी र भरतपुर महानगरपालिका वडा नम्बर १४ का अध्यक्ष ओम प्रसाद पोख्रेल , निबर्तमान जिबिस सदस्य तथा क्लबका सल्लाहकार सम्योजक खेमलाल भट्ट , समाजसेबी खेलप्रेमी युवा ब्यवासायी प्रेम चौधरी विशिष्ट अतिथिमा र वडा नम्बर १४ का वडा सदस्यहरु स्थानिय पाटी प्रतिनिधि क्लबका सल्लाहकारहरू खेलमा सहभागी हुने क्लबका अध्यक्षहरु र स्थानिय बुद्धिजीवी समाजसेबी पुर्ब खेलाडी खेलप्रेमी लगायतको अतिथिमा यहि असाेज ७ गते उद्घाटन समारोह भब्य रुपमा सम्पन्न भएको छ ।
उद्घाटन खेलमा सुन्दर सङम युवा क्लब B बिजय भएको छ ट्राइब्रेकर मा पकौडी युनाइटेड युवा क्लब लाई (४-३) को गोलान्तरले पराजित गरेको हो खेलको निर्धारित समयमा दुबै टिम बाट मिलन बि क र सन्जित बि क ले १/१ गोल गरेका थिए भने उद्घाटन खेलको म्यान अफ द म्याच पकौडी युनाइटेड का सन्जित बि क भएका छन भने कार्यक्रमका विशिष्ट अतिथी खेमलाल भट्ट ज्यु बाट उत्कृस्ट खेलाडी सन्जित लाइ मेडल प्रधान गर्नु भएको थियो ।